काठमाडौ, ८ माघ ;- काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन जनाको शव भेटिएको छ । बुढानीलकण्ठ नगरपालिका-२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।यस्तै काठमाडौँ महानगरपालिका-१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेकै करीब ४५ वर्षीय अर्का पुरुष पनि काठमाडौँ-१९ मै मृत्त फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।तीन वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस
यो पनि पढ्नुहोस -एक पुरुषको शव आइतबार सप्तरीको शम्भुनाथ नगरपालिकामा फेला परेको छ ।शम्भुनाथ- २ खैरबोनामा करिब ५५ वर्षीय पुरुषको शव आइतबार दिउँसो फेला परेको सप्तरी प्रहरीले जनाएको छ।कालो वर्णको, दाह्री पालेको, तालु खुइलेको तत्काल नामथर, ठेगाना नखुलेको उनी सो क्षेत्रमा बारम्बार देखा पर्ने मानसिक सन्तुलन ठिक नभएका व्यक्ति रहेको स्थानीयले बताएका छन्। स्थानीय भोलाकाजी राउतले भोक र जाडोका कार मृत्यु भएको हुनसक्ने बताए।