विन्दवासिनी हरिजन,
कपिलवस्तु : आईएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोग र दलित सामाजिक बिकास केन्द्र, कपिलवस्तु को आयोजनामा संचालित हाम्रो शतिm परियोजना कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाका वडा नं.४, ५ र १२ का गरिब, दलित र महिलाहरुले आप्ःनो अधिकारको प्रयोग र मर्यादित जिवनयापन गरी समतामुलक वातावरणको बिकास हुने लक्ष्यको साथ संस्थाका अध्यक्ष संजय कुमार कोरीको अध्यक्षतामा र कपिलवस्तु नगरपालिकाको उपमेयर लक्ष्मी गुप्ता साँवको प्रमुख्य अतिथ्यिता पालिका स्तरिय परियोजनाको परियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उपास्थित अतिथिहरु प्रमुख अतिथि, विशिष्ट अतिथि प्रमुख्य जिल्ला अधिकारी चक्रपाणी पाण्डे, कपिलवस्तु नगरपालिका वडा नं. ४, ५ र १२ का वडा अध्यक्ष रवेन्द्र कुमार तिवारी, देरेप चौधरी, गैसस महा संघ नेपाल कपिलवस्तुका अध्यक्ष प्रवीण कुमार श्रीवास्तव, महिला सेवा प्रमुख, वडा सचिवहरु, पालिकाका वरिशष्ट सामाजिक विकास अधिकृत पदमराज श्रेष्ट, वडा सदस्यहरु, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायत विभिन्न संस्थाका प्रमुख अतिथिहरुको स्वागत मन्तब्य दिर्दै दलित सामाजिक विकास केन्द्रको बारेमा संस्थाका कार्यकारी निर्देशक राम शरन रैदासले हालमा संचालित परियोजनाहरु तथा संस्थागत बारेमा जानकारी दिनु भएको थियो ।
त्यसै आईएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोग र दलित सामाजिक बिकास केन्द्र, कपिलवस्तुको आयोजनामा संचालित हाम्रो शतिm परियोजना कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाका वडा नं.४, ५ र १२ का दलित, गरिब, सिमान्तकृत, महिला, किशोरकिशोरीहरुले दलित र सिमानतकृत समुदायका महिला,युवा र अपाङ्गता भएका ब्यतिmहरुलाई जातिय बिभेद, लैंगिक हिंसा, बाल बिबाह जस्ता हानिकारक सामाजिक मूल्य मान्यताहरुलाई रुपान्तरण गर्ने र सार्बजनिक सेवा र अवसरहरुमा पहुँचका साथै निर्णय प्रक्रियामा अर्थपूर्ण सक्रिय सहभागिताको लागि आप्ःनो अधिकारको दाबि गर्न सशतm भएका हुनेछन् भन्ने उद्देश्य लिएको छ । यो परियोजना १५ नवम्भर २०२१ देखि डिसेम्बर २०२३ सम्म संचालन हुने छ । जसको जम्मा बजेट रु. ७९,७७,९२७ । रहेको छ । यस परियोजना अन्तरगत १५ वटा महिला समुह, ६,६ वटा किशोर किशोरी समुह, १,१ वटा पुरुष समुह र एक वटा पालिका स्तारिय पैरवी समुह गठन गर्ने कार्यक्रम संयोजक अमिता गौडले बताउनु भएको छ ।
गैसस महासंघका अध्यक्ष श्रीवस्तावले यस संस्थाले गर्ने काम स्थानिय सरकारले सहयोग गर्नु पर्ने हुन्छ । संस्थाले गर्ने कार्यमा स्थानिय तहले समेत बजेट विनियोजन गरी कार्य गर्नु पर्ने हुन्छ । त्यसै विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी चक्रपाणीले यो संस्था सकृय रुपमा जिल्लामा विपद ब्यवस्थापन समेतमा कार्य गर्दै आई रहेको छ । यी कार्यक्रमहरु जिल्ला ब्यापी रुपमा संचालन गर्दा अझै राम्रो हुने छ । मन्तब्य कायै क्रममा प्रमुख अथिति लक्ष्मी गुप्ताले जातिय विभेद गर्न गराउनु हुन्न बाल विवाह अन्त्य गर्नु पर्दछ भन्नेमा जोड दिदै यस संस्था र परियोजनालाई आवश्यक गर्न तयार रहेको कुरा भन्नु भएको छ ।
कार्यक्रममा आएका कुराहरुको सम्बोधन गर्दै आफनो भनाईहरुको साथ कार्यक्रमको समापन संस्थाका अध्यक्ष संजय कुमार कोरीले गर्नु भएको छ उक्त कार्यक्रम संचालन संस्थाका सचिव विश्राम कोरीले गर्नु भएको थिए ।