रूखको घाँस काट्ने क्रममा तेह्रथुममा एक प्रधानाध्यापकको करेन्ट लागेर मृत्यु भएको छ।तेह्रथुमको फेदाप गाउँपालिकास्थित महाकाली माविका प्रधानाध्यापक अमर बस्नेतको हिजो बिहान रूखको घाँस काट्ने क्रममा रूखको पातलाई छोएको नाङ्गो तारले करेन्ट लागेर दु:खद निधन भएको छ ।
यो पनि पढ्नुहोस्, उपत्यकामा पनि पछिल्लो समय कोभिड संक्रमण बढ्न थालेपछि स्मार्ट लकडाउनका बारेमा छलफल गर्न बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सर्वधारणका लागि अपिल जारी गरेका छन् ।
काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको मंगलवार बैठक बसेको थियो । सो बैठकले कोभिड संक्रमणको जोखिम बढेकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, सार्वजनिक स्थानमा जम्मा नहुन, सभाजुलुस, भोजभतेर, जात्रा महोत्सव नगर्न आदेश दिएको छ।
काठमाडौँ उपत्यकालगायत मुलुकभर नै कोभिड संक्रमणको जोखिम बढेकाले उपत्यकाका तीनै प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घरबाहिर अत्यावश्यक काम नपरी ननिस्कन र निस्कनै परे सबैले अनिवार्य मास्कको प्रयोग गर्न पनि अनुरोध गरेका छन्। चाडपर्वहरुमा पनि परिवारभित्रका मानिसमात्र जम्मा भएर सांकेतिक रुपमा मात्र मनाउन पनि प्रजिअहरुले आदेश गरेका छन्।
त्यस्तै सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएको छ ।जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मंगलबार राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको हो ।
प्रशासनले जारी गरेको निर्देशन अनुसार सार्वजनिक सवारीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने तथा दैनिक रुपमा सवारी साधनलाई सेनिटाइजर गर्नुपर्ने छ ।
प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो । प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।