नवलपरासी ।
पश्चिम नवलपरासी प्रहरीले मिति २०७८/०९/२७ गते हिजाे मंगलबार नेपाली र भारतीय नक्कली नाेट सहित २ जना व्यक्तिलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित केही पसलमा नक्कली नाेट सटही गरेको भन्ने सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरी टाेलीले नक्कली नाेटकाे काराेवार गर्ने व्यक्तिहरूकाे खाेजतलास गर्दै जादा जिल्ला रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ बस्ने रसिद माेहम्मद र जिल्ला कपिलवस्तुकाे शुद्धाेदन गाउँपालिका वडा नं २ नन्दपुर बस्ने जमाल मुसलमान समेतलाई जिल्लाको रामग्राम नगरपालिका वडा नं ५ बुद्ध चाेक स्थितबाट पक्राउ गरिएको डिएसपी शाहीले बताउनुभयो ।
निजहरूको साथबाट नेपाली नाेट १ हजारकाे २५ थान,भारतीय नाेट १ सयकाे ३ थान र ५० काे १७ थान नक्कली नाेट बरामद गरिएको छ । निजहरु दुबै जना विरुद्ध मुद्रा सम्बन्धि ( नक्कली नाेट ) कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालत नवलपरासीबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको पश्चिम नवलपरासी प्रहरीले जनाएकाे छ ।