सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही वीरपुरमा एक महिला मृत भेटिएकी छिन् । घरबाट खरानी लिएर खेतमा फाल्न गएकी ५२ वर्षीया भुटनिदेवी यादवको हत्या गरिएको अवस्थामा शव भेटिएको हो हो ।हिजो बेलुका घरबाट गहुँ खेतमा खरानी फाल्न गएकी यादव राति अबेरसम्म नफर्किए पछि उहाँको खोजी गरिएको थियो ।
बिहान हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनास्थलमा तीन वटा बियरको बोतल समेत भेटिएको छ । तीन वटामध्ये दुईवटा बोत्तल फुटेको छ ।यादवले नाकमा लगाएको फूलीसहित अन्य गरगहना पनि लु टिए को पी डित परिवा’रले बताएका छन् । प्रहरीले घटनाको अनु सन्धान भइरहेको जनाएको छ ।
छिन्नमस्ता गाउँपालिकामा एक महिना कै अन्तरालमा दुई जना’को घाँटी रेटी हत्या भको छ । यो भन्दा पहिला छिन्नमस्ता गाउँपालिकाकै वडा नम्बर ६ खुदीबखारीमा एक जना वृद्धको घाँटी रेटी हत्या भएको थियो ।
यो पनि पढ्नुहोस् , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी भएको छ ।नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो ।
ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन गरेको जानकारी दिएका छन् ।
‘मैले उहाँलाई फोत गरेको थिएँ’ प्रचण्डले भने, ‘झापमा हुनुहुँदो रहेछ । काठमाडौंमा भए आइहाल्थे भनेर भन्नु भयो । सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहाले भन्नु भयो, महासचिवलाई पठाउछु भन्नुभयो । महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।’