शिक्षा भनेको नयाँ रचनात्मक कुरा उत्पादन हो । शिक्षाले समस्याको समाधान गर्न सिकाउछ, पुरानो सोचाइ हस्तान्तरण गर्न होस् या नयाँलाई समय सापेक्षमा बदल्न होस् । शिक्षाले मानिसको दैनिक जिबन सहि तरिकाले गुजार्न सकिउछ।
शिक्षा प्राप्त गर्न अभ्यास आवश्यक पर्छ, अभ्यासले नै सिकाइ प्राप्त गर्न सहयोग गर्छ। अहिले बिद्यालयमा त्यही शिक्षा ज्ञान सीप सिकाउन पढाई हुन्छ । पढाई प्रभावकारी बनाउन सबैको सहयोग चाहिन्छ । शिक्षा क्षेत्र कोभिड १९ ले निकै प्रभावित पारेको छ , केहिले विभिन्न माध्यम बाट सिक्नुपर्ने सिके तर केहीले बीचमै पढाई छाडे। एउटा भनाइ छ “जति अभ्यास गर्यो उति सिकाइ हुन्छ “, जति धेरै समय बिद्यालय जादैनन त्यति पुन फर्केर बिद्यालय जाने संभावना कम हुन्छ। भर्खरै एउटा त्यस्तो बर्ग शिक्षा क्षेत्रमा उत्पादन भएको छ, बल्लतल्ल बिद्यालयको पढाइमा सामेल त भएको थियो तर पुरा सिक्न बुझ्न् पाएनन् । कारण हो, अनलाइन कक्षा । यो बर्ग नत अनलाइन सिकेका संग प्रतिस्पर्धा गर्न सक्छ नत भौतिक अबस्थामा पुरै पढ्न सिक्न सक्छ । छ त उनिहरु संग रोजगारीको प्रतिस्पर्धा सोच सपना मात्रै । सबै सेवा सुबिधा पाउछ्न ती अनलाइन पहुँच हुनेवालाले मात्र, बन्चित हुने यी गरिव मात्रै आखिर ।
कोभिड १९ ले कतिबेला बिद्यालय बन्द हुन्छ थाहा हुदैन, खुलेपछि संगै बसेर पढ्नुपर्ने ती अनलाइन पढेका संग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । समाधान गर्न भौतिक दुरी कायम गरि सिक्ने वातावरण मिलाउनु पर्छ । कोभिड १९ को खोप ब्यबस्थिति तरिकाले प्रबन्ध गर्नुपर्छ । सिकाइ प्रभावकारी बनाउन समयसमयमा छ्लफल,गोष्ठी, रचनात्मक क्रियाकलाप,खेलहरु , विद्यार्थी शिक्षक अभिभावक सम्बन्ध , समय भौगोलिक अनुसारको सिकाइ क्रियाकलाप हुन आवश्यक छ।