पाल्पा- नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस इकाई समिति रामपुर पाल्पाले कक्षा समिति गठन गरेको छ । विएड पहिलो वर्ष र विविएस पहिलाे वर्षको समिति गठन गरेको हो । विएड पहिलो वर्षमा विपिन गैह्रे र दोस्रो वर्षमा आकाश भट्टराईको सभापतित्वमा १३/१३ सदस्य समिति गठन गरेको हो ।
विएड अन्तर्गत उपसभापतिमा अनुप खड्का, प्रतिमा भट्टराई, सचिवमा सुस्मिता खनाल, कोषध्यक्षमा भुम खण्डलुक, सहसचिवमा स्मृति पंगेनी र मनिषा भण्डारी रहनु भएको छ । अन्यलाई सदस्यमा चयन गरिएको छ । त्यस्तै विविएस तर्फ उपसभापतिमा सन्तोष पन्थी, बन्धना गैह्रे, सचिवमा अस्मिता भट्टराई, सहसचिवमा आरती क्षेत्री, कोषध्यक्षमा सनम राना र अन्यलाई सदस्यमा चयन गरिएको शालिकराम खनालले जानकारी दिनुभयो ।
नेपाल विद्यार्थी संघ शहीद बहुमुखी क्याम्पस इकाई समितिका सभापति दिपक अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका महाधिवेशन प्रतिनिधि शम्भु खनाल, स्ववियु सदस्य ल्याकट आलीले बोल्दै नेपाल विद्यार्थी संघ र यसले मुलुकको परिवर्तनमा खेलेको भुमिकाको चर्चा गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघका रमेश पोखरेलले गर्नु भएको थियो । नेवि संघका इकाई सभापति अर्यालले अन्य कक्षामा पनि समित गठन गरिने बताउनुभयो ।