धनकुटा-धनकुटामा बहुला कुकुरले टोके र १२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना सिकिस्त रहेको बताइएको छ । एक नाबालक र ९० वर्षिया वृद्धालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताइएको छ । कुकुरले टो केसँगै स्थानिय त्रसित भएका छन् ।बालमन्दिर, कर्मीटार, चुलीवन, हुलाकटोललगायत क्षेत्रका स्थानीयलाई ब हुला कुकुरले टो के को हो । कुकुरले टोकेर बिगबिगी भएपछि कुकुर मार्न प्रहरी नै परिचालन गरिएको बताइएको छ ।धनकुटा नगरपालिका ५, ६ र ७ वडा सबैभन्दा बढी प्रभावित रहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस -हिमालयन रोडिजको सोमबार प्रसारण भएको पोखरा अडिसनमा जजको कुर्सीमा देखिए लाउरे। लाउरे केही दिन अगाडि पोखरामै ब्राउन सुगरसहित समातिएका थिए। उनलाई अडिसनमा जजको कुर्सीमा देख्दा केहीले प्रश्न पनि गरे’ लाउरे हिरासतबाट निस्की सके र?’तर हैन। पोखरा अडिसनको एपिसोड प्रसारण भइरहेको बेला लाउरे अडिसन स्थलमा हैन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै थिए।प्रहरीले अनुसन्धानका लागि उनलाई ८ दिन हिरासतमा राख्ने अनुमति पाइसकेको छ अदालतबाट। लागू औषधको केसमा यो म्याद ९० दिनसम्मको हुनसक्छ।
त्यसो भए रोडिजमा कसरी त लाउरे ? रोडिजको निर्माण टिममा संलग्न स्रोतसँग यसबारेमा बुझ्दा लाउरे पक्राउ पर्नु अगाडि नै सो अडिसन खिचिसकिएको थियो। पोखरा अडिसनको सुट सकिएपछि मात्र लाउरेलाई पोखरामा प्रहरीले ब्राउन सुगर किन्न जाँदा समातेको हो। त्यसैले सोमबारको रोडिजमा लाउरे पनि जजको भूमिकामा देखिए।
युवाहरूलाई प्रोत्साहित गर्ने उद्देश्य समेत रहेको कार्यक्रमका एक जज नै ड्रग्स त्यो पनि ब्राउन सुगरको केसमा जेलमा हुँदा उनै जज भएको कार्यक्रम प्रशारणहुँदा चैँ कस्तो-कस्तो देखिने रैछ। त्यसमा पनि अझ मोरलको कुरा गर्दै।