पुस, काठमाँडौ । विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ ।
तारिणीप्रसाद कोइरालाका छोरा ज्योतिको निधन भएको छ । क्यान्स र भएका उनले गएराति निधन भएको जानकारी डा. शशांक कोइराला स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । ज्योति कृष्णप्रसाद कोइरालाका नाति हुन् ।कृष्णप्रसादका मातृका, बिपी, केशव, गिरिजा र तारिणी कोइराला छोराहरू हुन् । अरू दाजुभाइका सन्तान राजनीतिमा भए पनि तारिणी र उनका सन्तान भने राजनीतिमा सक्रिय भएनन् ।
तारिणी लेखक तथा पत्रकारका रूपमा चर्चित छन् । स्वर्गीय ज्योतिका दुई छोरी छन् । कोइरालाको आइतबार बिहान पशुपतिस्थित आर्यघाट अन्त्येष्टि गरिएको छ ।अन्त्येष्टिमा कोइराला परिवारका डा. शेखर कोइराला, डा शशांक कोइराला, मनीषा कोइराला, प्रकाश कोइराला, कमल कोइराला तथा कांग्रेस नेता रामचन्द्र पौडेललगायत नेता एवम् कार्यकर्ताहरूको सहभागी थिए ।