गुल्मी – आधुनिक युग इन्टरनेट र टेक्नोलोजीको युग हो भनेर राम्रोसँग बुझेका व्यक्ति हुन वसन्त बस्नेत । उनी गुल्मी जिल्लाको दुर्गम गाउँ अग्लुङ्गमा जन्मेका हुन । सानै देखि समाज र गाउँको लागि केहि गर्नुपर्छ भन्ने भावना बस्नेतमा थियो । उनि टेक्निकल रुपमा पनि त्यतिकै अग्रसर नै थिए ।
आफुले केहि न केही गरि समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुपर्छ भन्ने भावना थियो । यही भावनाकै कारण अग्लुङ्ग इसेवा प्वाइन्ट संचालन गरि सोही माध्यमबाट मदानेको काखमा रहेको बञ्चरे डाडामा इन्टरनेटको टावर राखिदिए । जसले गर्दा दुर्गम गाउमा पनि इन्टरनेट (वाईफाई)को पहुँच पुगेको हो । जुनसुकै कम्पनीको इन्टरनेट होस उनले त्यहाँ टावर बनाउदा धेरै इन्टरनेटबाट लाभ लिइरहेका छन ।
व्यक्तिगत रुपमा लाखौं रकम खर्चेर गाउँका स्थानियहरुलाई सहज होस भनी गरिएको यो प्रयास सराहनिय छ तर यो सराहनीय कसैले बुझ्न सकेन । पटकपटक इन्टरनेटमाथि तोडफोड गरियो तर पनि उनले पुन संचालनमा ल्याई सेवासुविधा दिइरहेका छन । गत बर्ष टावरका सोलारका पाताहरु फुटालिदिएका थिए । जसको पहिचान हुन सकेन, कारबाही हुन सकेन ।
फेरि पनि केही दिन पहिले दुई घटना घटेको वसन्त बस्नेतले बताएका छन । टावरको चावि नै फुटालि भित्ररहेका सामाग्रीमाथि आक्रमण भयो । त्यहाँको इन्भटर नै हरायो । त्यसपश्चात पछिल्लो समय इन्टरनेटलाई थप सहुलित बनाउन गाउँमा फाइवर नेट बिछ्याइएका थिए त्यो तार पनि ठाउँठाउँमा काटेर(चुडालेर) दुख दिईरहेको उनले बताए ।
वाईफाई संचालन गरिसकेपछि उनले थुप्रै चुनौति खेप्नुपरिरहेको छ । टावरलाई अज्ञात समुहबाट तोडफोड गर्ने दुस्साहस भैरहदा सो घटना सम्बन्धित निकायलाई जानकारी दिदा सम्बन्धित निकायले केही गर्न नसकेको उनले बताए । तोडफोड भएको जानकारी इलाका प्रहरी कार्यालय पुर्कोटदह तथा वडा कार्यालयमा जानकारी लिएता पनि त्यस्तो घटना घटाउने व्यक्तिलाई कारबाहीमा ल्याउन सकिएको छैन । पटकपटकको आक्रमणले हजारौं रकम क्षति भएको उनले बताएका छन ।