पुष २०- सवारी ज्यान मुद्धामा प्रदेश मन्त्रीको छोरालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी बेद प्रकाश जोशीले बताए ।
पुस २ मा टिकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१–०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९५ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । उपचारको क्रममा बाँकेको कोहलपुर स्थित मेडिकल कलेजमा पुस ११ मा उनको मृत्यु भएको थियो । घाइतेको मृत्युपछि उनि सम्पर्क बिहिन भएका थिए । सोमबार अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी जोशीले बताए ।
यो पनि पढ्नुहोस -मदिरा सेवन गरेर सवारी चलाउदा विराटनगरमा गत बिहिबार एक मजदुरको ज्यान गएकोे थियो । सवारी दुर्घटनामा आरोपी सांसदका छोरा रविन कार्कीविरुद्ध सवारी ज्यान मुद्दामा प्रहरीले ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले सोमबार जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो ।
प्रहरीले ७ दिने म्याद थपको माग गरे पनि अदालतले ५ दिनको अनुमति मात्र दिएको छ ।जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुईजना मजदुरलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरीक मुकेश शर्माको ज्यान गएको थियो भने मोरङकोे कटहरी गाउँपालिका–२ का २७ वर्षीय राजकुमार राजवंशी गम्भिर घाइते भएका थिए ।
राजवंशीको स्वास्थ्य अवस्थामा नाजुक रहेको प्रहरीले जनाएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा रबिनले विराटनगर–५ स्थित होटल एडमायरमा मदिरा सेवन गरेर कार चलाएकोले दुर्घटना भएको खुलेको छ । रबिन प्रदेश नम्बर १ का सांसद बिन्दिया कार्कीका छोरा हुन् ।