काठमाडौं :- चर्चित गायिका ज्योति मगरले आफूलाई पैसाको धेरै अभाव रहेको सुनाएकी छिन् । उनले यसअघि भएको लकडाउनको समयमा मःमः खानसमेत पैसा नभएको स्मरण गराएकी छिन् ।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै गायिका मगरले यस्तो बताएकी हुन् ।
उनले लकडाउनमा आफू आर्थिक रुपमा ठूलो समस्यामा परेको स्मरण गराईन् तर, अहिले भने कामहरु भैरहेकोले त्यति समस्या नभएको उनको भनाई थियो । मगरले आफूले चाहने पुरुषमा पूर्ण रुपमा मर्द हुनुपर्ने, गुड ह्युमन विईङ र सामाजिक हुनुपर्ने, आफ्नो खुट्टामा उभिएको हुनुपर्ने, परिवार र समाजप्रति जिम्मेवार हुनुपर्ने,ह्याण्डसम पनि देखिनुपर्ने गुण हुनुपर्ने बताईन् । उनले आर्थिक रुपमा सम्पन्न भए झनै राम्रो हुनेपनि बताईन् ।
यो पनि पढ्नुहोस -अमेरिकाको लस एन्जलस निवासी एक पुरुषले छोरा’लाई ज’न्म दिएका छन् । ट्रान्स्जेन्डर पु’रुष बेनेट कास्पर विलियमले एक स्वस्थ ब’च्चालाई जन्म दिएका हुन् ।रिपोर्टकाअनुसार ३७ वर्षीय विलियम एक ट्रान्सजेन्डर पुरुष हुन् । करिब ७ वर्षअघिसम्म महिला रहेका विलियमले सर्जरीमार्फत ब्रे’स्ट हटाए र अन्य ट्रिटमेन्टमार्फत विलियमले पुरुषमा हुने ह’र्मोनहरु परिवर्तन गराए ।
तर, मातृसुख लिन चाहेका विलियम’ले लिं’ ग भने परिवर्तन गराएका थिएनन् । तिनै ट्रान्सजेन्डर पुरुष विलियमले सन् २०१७ मा मलिक नामक पुरुष’सँग प्रेम सम्बन्धमा गाँसिए ।लामो समयसम्म लिभिङ रिलेसनमा बसेको सो दम्पतीले सन्तान जन्माउने फैसला गरे । सो फैसलापछि विलियमले सन् २०२० अक्टोबरमा छोरालाई जन्म दिएको समाचार डेलिमेलमा छ।आफ्ना छोराको नाम हडसन राखेका विलियमले पछिल्लो समय सामाजिक सञ्जालमार्फत नराम्रो अनुभूति सेयर गरेका छन् ।
छोरालाई जन्म दिएको एक वर्षपछि आफूले नर्स, विभिन्न छिमेकी र आफन्तबाट नराम्रो अनुभूति लिनुपरेको उनले बताएका छन् । ति व्यक्तिहरुले आफूलाई पिता नभइ आमा भनेको भन्दै विलियम’ले आप’त्ति जनाएका छन् ।‘अस्पतालमा हडसनलाई जन्म दिँदा त्यहाँका नर्सहरुले पिता’को स’ट्टा मलाई बच्चाको आमा भनेर बोलाउन थाले । यता छिमेकी र आफन्तहरुले पनि मलाई हडसनको पिता नभइ आमा नै भनेर बोलाउँछन् ।अरुले यसरी बोलाउँदा मन पिरोल्छ, विलियमले भनेका छन्, ‘किनकी मातृत्व र नारित्वमा फरक हुन्छ । मातृत्वको भावना महिलासँग मात्र नभइ पुरुष’सँग पनि हुन्छ ।’ अन्नपूर्ण पोस्टबाट