पाल्पा : आइतबार पाल्पामा मलामी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।दुर्घटनामा परी घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको छ। बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको घटनास्थल पुगेका त्वातीले बताए।
बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन्। उद्वारकार्य अहिले पनि जारी छ। शवसहित मलामी बोकेर बस रिडी तर्फ जाँदै गरेको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यो पनि पढ्नु होस् – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट विश्वभरि अक्रान्त भइरहेका बेला इजरायलमा फ्लोरोनाको पहिलो केस पत्ता लागेको छ। अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको दोब्बर ‘इन्फेक्सन’ रहेको छ।
अरब न्युजले यसको पुष्ट गर्दै फ्लोरोना झन् खतरनाक रहेको दाबी गरेको छ। यसैबीच इजरायलले चौथोपटक बुस्टर डोज दिने निर्णय गरेको छ। इजरायलमा तेस्रो डोज तीन महिनाअघि नै दिइसकिएको छ।
इजरायलमा कोरोना संक्रमितको संख्या भने नघटेको बताइएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिहीबार इजरायलमा ५ हजार बढी संक्रमित देखिएका थिए। त्यहाँ हालसम्म १३ लाख ८० हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ८ हजार बढीको संक्रमणबाट मृत्यु भएको छ।