पुष १६-कञ्चपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।जिल्लाको बेलौरी नगरपालिका–५ मा रामनगरबाट बेलौरीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३७२६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको से ३ प २४ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ३७२६ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ का १९ वर्षीय बिमल रानाको उपचारको क्रममा इसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस -भक्तपुर नगरपालिका-१० कमलविनायकमा चार तले घरबाट खसेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
आज बिहान सवा ६ बजे ४ तला माथिबाट खसेर उनी घाइते अवस्थामा फेला परेकी थिइन् । बुवा हरिनारायणले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला पारेपछि उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा बिहान साढे ६ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनी कसरी खसेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।