पुष -नब्बे वर्षभन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पुर्याउने व्यवस्था भएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागररिकमन्त्री उमा रेग्मीले ती लक्षित नागरिकलाई घरघरमै भत्ता पुर्याउने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।यस्तो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक वृद्धभत्ता लिनको लागि स्थानीय तहको कार्यालय सम्म पुग्नु पर्ने समस्याको हटेर जाने छ । हालसम्म भत्ता वितरण कार्य भने वडा कार्यालयबाटै हुदैँ आएको छ ।
उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने बताउनुभयो । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिमा मात्रै निर्भर रहेको नेपालले विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको बताउनुभयो ।