कैलाली – कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसले क्याम्पस हाताभित्रको क्षेत्रमा टिकटक बनाउन रोक लगाउने निएम बनाए पनि कार्यान्वयन भने नभएको पाइएको छ।
क्याम्पसले मंसिर २६ आइतबार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको थियो ।
सूचनामा उल्लेख गरिएको थियो, ” क्याम्पसमा अध्ययनरत केहि विद्यार्थीहरुले स्मार्ट मोवाइलको प्रयोग गरी क्याम्पस परिसर भित्र टिकटक बनाएको भन्ने चौतर्फीक गुनासो आउन थालेको हुदा, अब उपरान्त क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टिकटक भिडियो बनाउन रोक लगाइएको छ ।”
यदि क्याम्पस परिसरमा सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिई आचार संहिता अनुसार कारवाही हुने कुरा समेत सुचनामा उल्लेख गरिएको भएता पनि क्याम्पसका केहि बिद्यार्थीहरूले भने अझै विद्यालयमा गइ क्याम्पस पोसाकमै टिकटक भिडियो बनाइ रहेका छन।
घोडाघोडि बहुमुखि क्याम्पसमा अध्यनरत केहि बिद्यार्थीहरूले क्याम्पसको नियम बिपरित गई टिकटक भिडियो बनाइएको पाइएको छ, टिकटकमा जेनि नाम गरेकि छात्राले १४ घण्टा अघि भिडियो सार्बजनिक गरेकि छिन।