ग्रिसमा भएको सडक दुर्घटनामा ४ जना नेपालीको निधन भएको छ । जसमध्य एक जना कैलालीको भएको खुलेको छ । दुर्घटना नोभेम्बर दोस्रो साता भएको थियो । उनीहरु को नेपाली हुन् भन्ने खुलेको थिएन । हालै एक जना कैलालीको भएको खुलेको छ । गत नोभेम्बर दोस्रो साता ग्रिसमा गाडी दुर्घटनामा परी मृत्यु भएका चार नेपालीमध्ये एक जनाको परिचय पत्ता लागेको दुतावासले जनाएको छ।
उनीहरु गैर कानुनी रुपमा टर्कीवाट ग्रिस प्रवेश गर्ने क्रममा थिए । त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार मृतक ४ मध्ये एक जना कैलालीको गौरीगंगा नगरपालिका–४ घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा भएको खुलेको हो । बाँकी ३ जनाको अझै पहिचान खुल्न सकेको छैन।
उनीहरू गैरकानुनी रूपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा गाडी दुर्घटनामा परेको दुतावासले जनाएको छ । चिनिन बाँकी तीन मृतकको तस्बिर इन्टरपोलमा राखेर सार्वजनिक गरिएको दूतावासले जनाएको छ।
यो पनि पढ्नु होस् -बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट आईतवार साँझ एक जनाको मृ’त्यु भएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको ट्रकको ठ’क्करबाट एक पैदलयात्रीको ज्या’न गएको हो ।गोल्छामा क.प्र. ०२–००१ ख ००८ नम्बरको ट्रकले ठ’क्कर दिँदा रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका– ११ का ६० वर्षीय मन बहादुर केसीको मृ’त्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
गम्भीर घाइ’ते केसीलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाँदैं गर्दा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।ठक्कर दिने ट्रक र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मृ’तकको श’वलाई मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।