पुष २, २०७८ शुक्रबार वीरगंज । वीरगंजमा एक स्कुल बसमा आगलागी भएको छ ।गोल्डेन गेट एकेडेमीको ना २ क ३७५ नम्बरको स्कूल बसमा बिहीबार दिउँसो चार बजे वीरगंजको प्रतिमा चौकस्थित नेपाल आयल निगम नजिक आगलागी भएको हो ।बिग्रिएर बनाउनका लागि राखिएको बसमा तार सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
आगलागीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । मानविय क्षति भने नभएको प्रवक्ता खनालले बताए । आगोलाई वीरगंज महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी बाट करिब २५ लाख बराबरको क्षति भएको जानाकर्री आएको छ ।
यो पनि पढ्नु होस् -काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
देउवा भेट्न प्रचण्ड शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका हुन् । उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।
साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदनका लागि संसद्मा लैजाने तयारी थाले पछि प्रचण्ड देउवा भेट्न बालुवाटार पुगेका हुन्।
प्रचण्ड र देउवाबीच एमसीसीको बिषयमा पनि छलफल भएको स्रोतले बताएको छ। प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगका पछिल्ला भेटमा एमसीसी अगाडि बढाउनुपर्ने बताएका छन् । देउवालले भने, ‘तपाईंहरूले भोट हाले हाल्नुस्, नहाले पनि समस्या छैन तर एमसीसी संसद्मा लैजानुपर्ने भयो ।’
देउवाले संसदमा एमसीसी सम्झौता पेश गर्न निर्देशनसमेत दिएपछि सत्ता गठबन्धनमा रहेका अन्य दल सशंकित भएका छन् । देउवाले गठबन्धनमा सहमति नभए पनि एमसीसी संसद्मा पुर्याउने तयारी गरेका छन् ।
एमसीसीकै कारण गठबन्धनको भविष्यबारे पनि विभिन्न आशंका सुरु भएका छन् । सत्ता गठबन्धनभित्र सहमति नजुटाई एमसीसी अगाडि बढाउँदा जटिलता आउन सक्ने गठबन्धन दलकै नेताहरूको बुझाइ छ ।
पुस ६ को संसद् बैठकमा लैजान यसबीचमा गठबन्धन र विपक्षी दलसँग निर्णायक संवाद हुने सम्भावना छ । प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनको वातावरण बनाउन संसद् अवरोध गरिरहेको एमालेसँग संवादका लागि कानुनमन्त्री दिलेन्द्र बडूसहित निकट नेताहरूलाई खटाएका छन् ।