भुजौली रुपन्देही -मंसिर २५ ब्राइट लाइट बचत तथा ऋण सहकारी संस्था शुद्धोधन गाउँपालिका ६ बकुलीको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभामा सहकारी अध्यक्ष खड्क बहादुर रानाले संञ्चालक समितिको प्रतिबेदन,लेखा समिती संयोजक कनैया प्रसाद चौधरी लेखा प्रतिवेदन,कोषाध्यक्ष विष्णुप्रसाद ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७७/७८ मा १ करोड ३२ लाख ५० हजार ५००सय रुपैंया शेयर पूँजी तथा १ करोड २९ लाख २८ हजार ५ सय ७७रुपैंया बचत संकलन गरेको छ।
सैगरी २ करोड ५६लाख ११ हजार ५ सय ९० रुपैंया कर्जा लगानी गरी ८ लाख १ हजार ७ सय ६५रुपैंया मुनाफा रहेको छ । संस्थाले आर्थिक वर्षमा २ करोड ८२ लाख २९हजार ६ सय ८३ रुपैंयाको कूल कारोवार गरेको छ। कार्यक्रममा बोल्दै अध्यक्ष रानाले अब ब्राइट लाइट सहकारी ज्ञानपुञ्ज सहकारी सङ्ग एकीकृत भइ ज्ञान ब्राइट लाइट बचत तथा ऋण सहकारी मार्फत नया ब्यवस्थापनका साथ संचालन गरिने बताउनुभयो । अब सहकारी नमुना सहकारीको रुपमा स्थापित गराउनका लागि आफुहरु लागेको बताउदै सेयर सदस्यहरूलाई पनि सहकारीलाई थप ससक्त बनाउनका लागि लाग्न आवहान गर्नुभयो ।
सहकारी अध्यक्ष खड्क बहादुर रानाको अध्यक्षता, उपाध्यक्ष तुलसी प्रसाद खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव रमा पौडेलले गर्नुभएको थियो।