काठमाडौं । एक युवतीले जन्मेको २० वर्षपछि डाक्टरविरुद्ध उजुरी दायर गरेकी छिन् । एक युवतीले आमालाई डेलिभरी गरेका डाक्टरविरुद्ध मुद्दा दायर गरेकी हुन् । जब ति युवतीले क्षतिपूर्ति मागिन्, त्यसपछि मुद्दा अदालत पुग्यो ।
यति मात्र होइन, त्यस मुद्दामा ऐतिहासिक फैसला सुनाउँदै अदालतले युवतीको पक्षमा आदेश दिएको छ । फैसला सुनाउँदै न्यायाधीशले डाक्टरलाई क्षतिपूर्ति तिर्न आदेश दिएका छन् । त्यसपछि यो विषय विश्वभर चर्चाको रूपमा बाहिर आयो ।
वास्तवमा यो घटना बेलायतको हो । ‘डेली मेल’ को रिपोर्ट अनुसार यी युवतीको नाम एभि टुम्ब्स हो । उनी जन्मदेखि नै एउटा रोगबाट पीडित थिइन्, यो रोगको नाम लिपोमाइलोमेनिङ्गोसेल हो । चिकित्सकहरुका अनुसार यो एक प्रकारको अपाङ्गता हो, जसलाई चिकित्सा विज्ञानको भाषामा स्पाइना बिफिडा पनि भनिन्छ ।
यही रोगका कारण युवतीले डाक्टरविरुद्ध मुद्दा दायर गरेकी थिइन् । रिपोर्टका अनुसार केटीको जन्म सन् २००१ मा भएको थियो । उनको तर्क अनुसार डाक्टरले चाहेको भए उनलाई यो संसारमा आउनबाट रोक्न सक्थे । किनकी डाक्टरलाई उनी गर्भमा हुँदा नै रोगी भएको कुरा थाहा थियो । यी सबै कुरा थाहा हुँदाहुँदै पनि डाक्टरले आमालाई सही सल्लाह नदिएको बालिकाको आरोप छ ।
आमालाई औषधिसम्बन्धी उचित सल्लाह नदिएको भन्दै बालिकाले केही समयअघि डाक्टरवि’रु’द्ध मुद्दा दायर गरेकी थिइन् । डाक्टरले सही सल्लाह नदिँदा यो रोग लिएर आफू जन्मिनु परेको उनको बुझाई रहेको छ । ग’र्भा’वस्थामा डाक्टरले आमालाई सही औषधिको सल्लाह दिएको भए उनी आज सामान्य मानिसजस्तै जीवन बिताउने थिइन् । यो मुद्दा अदालतसम्म पनि पुग्यो ।
यस प्रकरणमा बेलायतको उच्च अदालतले यस मुद्दामा फैसला सुनाएको थियो । अदालतले आफ्नो फैसलामा डाक्टरले आमालाई उचित परामर्श दिइएको भए गर्भावस्थामा ढिलाइ हुने बताएको छ । त्यसैले डाक्टरले क्षतिपूर्ति तिर्नु पर्ने अदालतको फैसलामा उल्लेख छ । यो विषय अहिले विश्वभर चर्चाको विषय बनेको छ । युवतीको यो साहसको मानिसहरुले तारिफ पनि गरिरहेका छन् ।
उनले डाक्टर फिलिप मिचेललाई उनी गर्भवती हुँदा आफ्नी आमालाई उचित सल्लाह दिन असफल भएको भन्दै अदालतमा लगेकी थिइन् । न्यायाधीश रोजालिन्ड को क्यूसीले बुधवारको ऐतिहासिक लन्डन उच्च अदालतको फैसला युवतीका पक्षमा फैसला सुनाएका हुन् । युवतीका वकिलहरूले रकम गणना भैनसकेको बताएका छन् ।
तर सम्भवतः ठूलो संख्या हुन सक्छ किनकि यसले उनको जीवनभर हेरचाह आवश्यकताहरूको लागत ब्यहोर्न आवश्यक छ । युवतीकी आमाले यसअघि अदालतमा यदि डा. मिचेलले उनलाई सही सल्लाह दिएको भए आफूले गर्भवती हुने योजना त्याग्ने बयान दिएकी थिइन् ।
उनले न्यायाधीशलाई भनिन्, ‘मलाई सही सल्लाह दिइएको हुन्थ्यो भने मैले पहिले राम्रो खाना खान्थे, मैले फोलिक ए’सिड लिनु पर्दैन्थ्यो ।’ आवश्यक स्याहार गर्थे । तर मलाई डाक्टरले भनेनन् । यो फैसलापछि विश्वभरीका चिकित्सकहरु डराएका छन् ।