मंसिर १९- सुनसरीको कोशी गाँउपालिका– ८ भाण्टाबारी स्थित बस दुर्घटना हुँदा बसका सह–चालकको मृत्यु भएको छ, भने २० जना घाईते भएका छन् । मृत्यु हुनेमा बसका सह–चालक सिरहा धनगढी नगरपलिका–८ का २६ वर्षीय जिवस यादव रहेका छन् । हिजो दिउँसो साढे १ बजे को १ ख ४९८८ नम्बरको बसले ओभरट्याक गर्दा को १ ख ६३७५ नम्बरको ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका यादवको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको हो ।
बस चालक सिरहा लाहान नगरपालिका– ८ का अमित गुप्ता र ट्रक चाकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
साथै सुनसरीको इटहरीमा घरको छतबाट खसेर एक जनाको ज्यान गएको छ । इटहरी बिराटनगर लाइन स्थित राधाकृष्ण मन्दिर अगाडीको एक घरको छतबाट खसेर ८० वर्षीया वृद्धाको ज्यान गएको हो । स्थानिय सम्भु कार्कीको घरमा करिब ८ बर्ष देखी भाडामा बस्दै आएका सुमित्रादेवी भुपालको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपि खगेन्द्र खड्काले बताउनुभयो ।
छतबाट खसेर घाइते भएकी उनको इटहरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको डिएसपि खड्काले जानकारी दिनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।