मंसिर १९- सुनसरीको इटहरीमा घरको छतबाट खसेर एक जनाको ज्यान गएको छ । इटहरी बिराटनगर लाइन स्थित राधाकृष्ण मन्दिर अगाडीको एक घरको छतबाट खसेर ८० वर्षीया वृद्धाको ज्यान गएको हो । स्थानिय सम्भु कार्कीको घरमा करिब ८ बर्ष देखी भाडामा बस्दै आएका सुमित्रादेवी भुपालको ज्यान गएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपि खगेन्द्र खड्काले बताउनुभयो । छतबाट खसेर घाइते भएकी उनको इटहरी अस्पतालमा उपचारको क्रममा ज्यान गएको डिएसपि खड्काले जानकारी दिनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस ,धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गएको बैशाख २ गते असिनाबाट तरकारी तथा बालीनाली क्षति भएका किसानहरुलाई राहत दिएका छन् । अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग तथा यन्त्र हस्तान्तरण गरेको हो । पालिकाले ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हिजो एक संयुक्त कार्यक्रमको आयोजना गरेर ६७ किसानहरुलाई नगद राहत प्रदान गरेको हो । २८ अपाङ्गता भएकाहरुलाई नगद र यन्त्र सहयोग गरेको हो ।
पालिकाले तरकारी खेतीतर्फ पूर्ण क्षति भएका २२, आंशिक २०, सामान्य २३ र धान बाली क्षतितर्फ २ परिवारलाई राहत दिएको हो । पूर्ण क्षति भएका किसानलाई नगद १५ हजार, आंशिकलाई १० हजार, सामान्यलाई ५ हजार र धान बाली क्षति भएका १,१ परिवारलाई क्रमशः ५ हजार र ७ हजार ५ सय रुपैयाँका दरले गरी ६ लाख ४२ हजार ५ सय रकम बराबरको राहत वितरण गरेको पालिकाका सूचना अधिकारी नेत्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँको अनुसार ६ जना अपाङ्गता भएका व्यक्तिहरुलाई श्रवण यन्त्र र १२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।