काठमाडौं । भन्छन्, यो संसारमा आमा भन्दा महान अरू कोही हुँदैनन् । तर कहिलेकाँही यस्ता घटनाहरु बाहिर आउँछन्, जस्ले सबैलाई हैरान बनाउछ । यस्तै एक घटना बाहिर आएको छ । भारत, उत्तर प्रदेशको गाजियाबादमा सम्बन्धहरुलाई लाजमर्दो गराउने एक घटना देखा परेको हो ।
गाजियाबादमा, सम्बन्धलाई लाजमर्दो बनाउने महिलाको हर्कतबारे सीसीटीभी फुटेजबाट खुलासा भएको छ । महिला आफ्नो प्रेमीको अगाडि भिडियो कलमा अर्धनग्न हुन्थिन् ।
शंका लागेपछि श्रीमानले घरमा सिसिटिभी क्यामेरा जडान गरे, त्यसपछि सबै कुराको पर्दा खुलेको हो । ति महिलाले प्रेमीलाई घरमा बोलाएर १३ वर्षीया छोरीलाई पनि आफ्नै अगाडि राखेर नग्न गराउने गर्थिन् । १३ वर्षीया छोरीलाई आमाले नै प्रेमीलाई सुम्पेको आरोप छ ।
सीसीटीभी फुटेजमा आपत्तिजनक तस्विर देखेपछि श्रीमानले श्रीमती र प्रेमीविरुद्ध प्रहरी चौकीमा मुद्दा दर्ता गरेका छन् । यो घटना कविनगर प्रहरी चौकी क्षेत्रको हो । त्यहाँ बस्ने एक युवकको परिवारमा श्रीमती, छोरा र दुई छोरी छन् । युवकले आफ्नी श्रीमतीको चरित्रमाथि शंका गरे ।
उनले आफू घरमा नभएको समयमा घरमा कोही आउँछन् भन्ने जानकारी पाएका थिए । छोरा र वरपरका केही व्यक्तिबाट उनले आफ्नी श्रीमतीको गलत्त कामबारे सूचना पाइरहेका थिए ।
त्यसपछि श्रीमतीको हर्कतको सत्यतथ्य बाहिर ल्याउन युवकले चुपचाप कात्तिक महिनामा घरभित्र सीसीटीभी क्यामेरा जडान गरी मोबाइलबाट लाइभ फुटेज हेरेर श्रीमतीको निगरानी गर्न थालेका हुन् ।
घरमा जडान गरिएको सिसिटिभी क्यामेराको सहयोगमा श्रीमतीको कृयाकलाप थाहा पाएपछि युवकले छोरीसँग कुरा गरेको खुल्न आएको छ । बाबुले सोधेपछि छोरीले रूदैँ सबै सत्य बताइन् ।
छोरीले बाबुलाई बताए अनुसार आमाले त्यसबारे अरूलाई भने मार्छु भनेर धम्काउने गरेकी थिइन् । त्यसपछि श्रीमानले श्रीमती र उनका प्रेमीसँग यसबारे कुरा गरे, आफ्नो गल्ती स्वीकार्नुको सट्टा दुवैले धम्की दिन थालेको आरोप लागेको छ ।
महिलाको हर्कत सुनेर प्रहरी पनि चकित
दुई दिनअघि श्रीमानले कविनगर प्रहरीलाई श्रीमतीको हर्कत र भिडियो फुटेजबारे बताएपछि प्रहरी पनि छक्क परेको छ । सीसीटीभी फुटेजमा श्रीमती अर्धनग्न भएर प्रेमीसँग भिडियो कलमा कुरा गरिरहेको देखिन्छ ।
अर्को भिडियोमा प्रेमी घरमा आउँदा १३ वर्षीया छोरीलाई नग्न बनाएर गलत्त रूपमा अंगहरु छुन दिएको देख्न सकिन्छ । प्रेमीले छोरीलाई दुव्र्यवहार गरिरहँदा ति महिलाले आपत्ति जनाइनन् । त्यसरी उनले आफ्नी छोरी पनि प्रेमीलाई सुम्पेको कुरा बाहिर आयो ।
मेसेन्जरमा कल गर्थे
आफ्नी श्रीमतीले प्रेमीसँग प्रायः म्यासेन्जरमा भिडियो कल गर्ने गरेको श्रीमानले प्रहरीलाई बताएका छन् । क्यामेराको सहयोगले ४० दिनअघि युवकले आफ्नी श्रीमतीको लाजमर्दो हर्कतबारे थाहा पाएका थिए ।
श्रीमानले आफ्नी श्रीमती र उनका प्रेमीबाट आफ्नो ज्यान जोखिममा रहेको पनि बताएका छन् । दुवैले उनलाई ज्यान मार्ने धम्की दिएका छन् । उनले प्रहरीसँग सुरक्षा पनि मागेका छन् ।
महिला विरुद्ध मुद्दा दर्ता
श्रीमानले महिला र उनका प्रेमी अनुजविरुद्ध यौन दुर्व्यवहार, पोक्सो ऐन र ज्यान मार्ने धम्कीको मुद्दा दायर गरेका छन् । प्रहरी कारबाहीको डरले श्रीमती घर छोडेर कतै गएकी छिन् । प्रहरीका अनुसार श्रीमानले दिएको जानकारीका आधारमा सम्पूर्ण विषयमा अनुसन्धान भइरहेको छ ।