झापामा जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु छ । जंगली हात्तीको आक्रमणबाट मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ का ६० बर्षीय राम बहादुर बुर्जा मगर रहेका छन् ।आज बिहान साढेँ ६ बजे मेचिनगर नगरपालिका १४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो । घटनाको सुचना पश्चात ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरीको टोली खटिई घटनाको बारेमा कानुनि प्रकृया तथा थप अनुसन्धान गरिरहेको छ ।
यो पनि -बैंकले शेयर धितो कर्जामा रहेको न्यूनतम रु चार करोड र अधिकतम रु १२ करोडको सीमालाई भने यथावत् नै राखिएको छ । शेयर धितो कर्जाका हकमा एउटा बैंक तथा वित्तीय संस्थाबाट रु चार करोड र परिवारका अन्य सदस्यसमेत रहने गरी रु १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था मौद्रिक नीतिमा गरिएको थियो । उक्त नीतिको सम्बन्धमा शेयर लगानीकर्ताले गुनासो गर्दै आएका थिए । त्यस्तै बैंकले कर्जा निक्षेप अनुपात (सिडी रेसियो)का सम्बन्धमा पनि कुनै परिवर्तन गरेकोे छैन ।
यसैगरी ब्रोडब्याण्ड प्रवद्र्धन गरी सर्वसाधारणमा इन्टरनेटको पहुँच पु¥याउने गरी दुर्गम स्थानमा सेवा पु¥याउने इन्टरनेट सेवा प्रदायक संस्थालाई विशेष पुनरकर्जा उपलब्ध गराउनका लागि पुनरकर्जा कार्यविधिमा संशोधन गरिएको छ । ब्याज पूँजीकरण गर्न केन्द्रीय बैंकबाट पूर्वस्वीकृति प्राप्त ग्रेस अवधिमा रहेका निर्माणाधीन आयोजनामा प्रवाहित कर्जाको २०७९ असार मसान्तसम्म पाकेको ब्याज पूँजीकरण गर्न सकिने गरी निर्देशन जारी गरिएको छ ।उता विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माण गर्न पनि सरल पारिएको छ । आवश्यक चार्जिङ स्टेशन स्थापनाका लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने गरी पुनरकर्जा कार्यविधि संशोधन गरिएको छ ।