मंसिर १०- मोरङमा फुटबल खेल्ने निहुँमा एक जना किशोरको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको उर्लाबारी नगरपालिका–८ राजघाट चौधरी टोल बस्ने १७ वर्षीय अभिषेक चौधरीको हत्या गरी फरार भएका सोही स्थानका २६ वर्षीय संजोग अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत साउन ११ गते दिउँसो फुटबल खेल्ने निहुँमा संजोगले धारिलो हतियार प्रहार गर्दा घाइते भएका अभिषेकको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
यो पनि ,उदयपुरको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाले पालिकाको सार्वजानिक बस सेवा आईतबार देखि संञ्चालनमा ल्याउने भएको छ । पालिकाले बस संञ्चालन सम्बन्धि सूचना प्रकाशित गर्दै मंसिर १२ आईतबारको दिन देखि बस संञ्चालनको तयारी भईरहेको जनाएको छ ।
पालिकाको जनताहरुलाई सुविधा सम्पन्न यात्रा र कम शुल्कमा आवतजावतलाई सहजिकरण गर्ने भन्दै पालिकाले बस खरिद गरेका थिए । सबै प्रक्रियाहरु पुरा गरी आईतबार देखी बस संञ्चालनमा ल्याउने तयारी भईरहेको पालिका अध्यक्ष मेजर कुमार राईले जानकारी दिनुभयो ।