कपिलवस्तु , मंसिर ९ ,
कपिलवस्तु जिल्लाकाे यशाेधरा गाउपालिकाले ” घर बाटै शुरु गराै ,महिला हिंसा अन्त्य गराै ” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन दिप प्रज्वलन गरेर शुरुवता गरेको छ ।
यशाेधरा गाउपालिका वडा नं ७ मर्यादपुरमा दिप प्रज्वलन गरेर शुरुवता गरेको हो । यो बर्ष २५ नोवेम्बर देखि १० दिसेम्बर २०२१ अर्थात वि.स. २०७८ मंसिर ९ देखि २४ गते सम्म “घरवाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौँ ”भन्ने मुल नाराको सथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज देखि मनाउन शुरु भएको छ । सोही संदर्भ मा यशोधरा गा पा को सबै गाउ मा उक्त अभियान मोमबत्ती बलेर शुरुवात गरेको कुरा दलित सामाजिक विकास केन्द्र का कार्यकारी निर्देशक राम शरण रैदास ले जानकारी दिनू भयो छ ।
लैङ्गकि हिंसा विरुद्ध काे १६ दिने अभियानकाे उद्घाटन तथा दिपप्रज्जवल कार्यक्रमकाे अध्यक्षता ग्रहण हरेक यशोधरा गा पा का प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंह ले उद्घाटन गर्नु भएको हाे ।
कार्यक्रममा बाेल्दै बिन्दबासिनी हरिजनले लैङ्गकि हिंसा सबैले अा-अाफ्नाे घरबाट प्रयास गर्नु भयो भने मात्र कम हुन सक्छ । अहिले हाम्रो गाउँ घर तिर खास गरेर तराई मधेस मा याे समस्या सालाै साल देखि चालिएको पाइन्छ । तर पहिले काे तुलनामा अहिले अवस्थामा शिक्षाको प्रभावले गर्दा केहि मात्रामा कम भएको पाइन्छ ।
लैङ्गकि हिंसा विरुद्ध १६ दिने कार्यक्रम यशाेधरा गाउपालिकाकाे अायाेजनामा प्रहरी चाैकी मर्यादपुर , दलित सामाजिक विकास केन्द्र , श्री उपकार म.वि बचत तथा ऋण सहकारी संस्था र शान्ति पुन : स्थापना गृह मर्यादपुरकाे सहयोग रहेको थियो।
उक्त कायर्क्रम का अध्यक्ष तेजबहादुर सिंह , रेशम राज शर्मा, हाम्रो पहुंच प्ररियोजनका अधिकृत बिन्दबासिनी हरिजन, सामाजिक विकास अधिकृत कृष्ण पान्डे, दलित सामाजिक विकास केन्द्रका अध्यक्ष संजय काेरी र प्रेमलता भट्ट लगायत १५० जनाको सहभागीता रहेका थियो । त्यसै गरी यूनाइटेड मिशन टु नेपाल आफानो कार्यालय र केही संघ संस्था हरु ले जिला प्रशासन कार्यालय चौक अगड़ी दीप प्रज्ज्वलित गरी उद्घाटन गरेका छन ।