धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा बिहीवार मालवाहक ट्रकले ठ’क्कर दिँदा एक जनाकाे ज्या’न गएकाे छ । ट्रकले ठ’क्कर दिँदा अन्य एक जना घा’इते भएका छन् ।
वीरगञ्जबाट काठमाण्डाै जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घ’टना भएको थियो । दु’र्घटनामा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ नलाङकी ११ वर्षीया कृपा अर्यालको घट’नास्थलमै ज्या’न गएकाे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।
दुर्घ’टनामा घाइ’ते मृ’तककी आमा मिठु अर्यालको गजुरीमा रहेकाे प्राथमिक स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डाैमा रहेकाे ट्रमा सेन्टर पठाइएको छ । ट्रक चालकलाई प्रहरीको पक्राउ गरेकाे छ ।