सुनको मूल्य बढेको छ। आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला दुई सय रुपैयाँले बढेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन ९३ हजार ७ सय रुपैयाँ प्रतिलोलामा कारोबार भएकोमा आज ९३ हजार ९ सय रुपैयाँ कायम भएको हो।
तेजावी सुन भने आज ९३ हजार चार सय रुपैयाँ प्रतितोला कायम भएको हो।
त्यस्तै, चाँदीको मूल्य समेत बढेको छ। आइतबार एक हजार दुई सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज एक हजार दुई सय ७० रुपैयाँ कायम भएको हो।