कपिलवस्तु , मंसिर ४
कपिलवस्तु जिल्ला काे मायादेवी गाउपालिका वडा नं २ भरवलिया मा हिन्दु युवा शक्ति कपिलवस्तु संगठन काे गाउँ कमिटी गठन भएको छ ।
मायादेवी गाउपमलिका अध्यक्ष देवेन्द्र वर्मा काे अध्यक्षता मा भरवलिया गाउ कमिटी गठन गरिएको हाे । जस काे अध्यक्ष कनिक लाल यादव , बरिष्ठ उपाध्यक्ष ध्रुव बनिया , काेषाध्यक्ष त्रिलाेकी पासवान , सचिव कनिक राम बढई , सह-सचिव मुन्नु लाल अग्रहरी र प्रवक्ता राम किसुन बढई लगायत १३ सदस्य गाउ समिति गठन गरिएको हाे ।
( संघे शक्ति कलयुगे )हामी सबै हिन्दुहरु संगठित भएर मात्र हिन्दु संस्कृतिलाई जाेगाउन सक्छौ सबै पंथ समुदाय को मानिस हरू आफ्नो महत्व बुझिसके छन,हामी ले कहिले बुझने छौ। हिन्दु धर्मको बारेमा सबैलाई जानकारी गराउनु पर्छ । हाम्रो संगठनले गौ रक्षा र हिन्दुहरु माथि कुनै पनि प्रकार घटना कसैले गर्याे भने त्यसको सशक्त रुपमा विरोध पनि गर्दै आइरहेकाे छ। हिन्दुहरुलाई संगठित गर्ने र आफ्नाे संस्कृतिलाई जोगाउने प्रमुख उद्देश्य रहेको हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेय भन्नू भयो ।
विश्व मा सबैभन्दा पुरानाे सनातन ( हिन्दु ) धर्म नै रहेको छ । धर्मलाई संरक्षण र सम्बर्द्धन गर्ने हामी सबै काे कर्तव्य पनि रहेको छ । हिन्दु धर्म माथि पटकपटक अाक्रमण जुन भइरहेको छ याे किन भइरहेको छ किन कि हामी हिन्दुहरु मा एकता छैन हामी जातिवाद, परिवारवाद, पार्टीवाद , व्यक्तिवाद लाई धर्म भन्दा माथि मान्छाै । सबै हिन्दुहरु एकृकित भयो भने कसैले पनि अाक्रमण गर्न सक्दैन हिन्दु युवा शक्ति कपिलवस्तु का प्रवक्ता माेतीलाल मिश्रा ले भन्नू भयो ।
उक्त कार्यक्रममा हिन्दु युवा शक्ति का अध्यक्ष फागुराम पाण्डेय , प्रवक्ता माेतिलाल मिश्रा , प्रेस सल्लाहकार धनी राम काेरी , हिन्दु युवा शक्ति मायादेवी का अध्यक्ष देवेन्द्र बर्मा , मायादेवी ६ का वडा स्तरीय हिन्दु युवा शक्ति का अध्यक्ष धनराज यादव र सचिव इन्द्रजीत यादव लगायत अन्य व्यक्तिहरुकाे सहभागीता रहेको थियो ।