बेमौसमको वर्षाका कारण भित्र्याउन ठिक्क पारेको धान बालीमा ठूलो क्षति पुर्याएको छ । तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा राखेको धान डुवानमा परेको छ । वर्षासँगै हावा चलेकाले नकाटेको धानलाई पनि क्षति पुर्याएको छ । ‘निरन्तरको ठूलो वर्षा र बाढीका कारण कर्णाली, सुदुरपश्चिम र लुम्बिनी प्रदेशका ७ जिल्लामा पाकेको धान बालीमा ठूलो असर परेको छ,’ कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले भने । प्रदेशहरुबाट प्राप्त विवरणअनुसार मंगलबार मध्यान्नसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो क्षति भएको छ ।
जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नम्बर ४ मुकेशकुमार यादव गाउँमा सरसापट गरी डेढ बिघा जग्गामा जिरी जातको धान लगाए । सोमबार रातिदेखि परेको पानीले पाकिसकेको उनको धान डुबानमा परेको छ । ‘डेढ बिघा खेतकै धान भित्र्याउन मात्रै बाँकी थियो । मेरो मिहिनेत, लगानी सबै बर्बाद भयो’ उनी भन्छन्, कसरी ऋण तिर्ने, अनि परिवारलाई कसरी पाल्ने ? समयमै बर्षा भएका कारण राम्रै फल्यो । ऋण तिर्न र परिवारका निम्ति अन्न जोहो भयो भनेर उनी खुशी भए । एक साता अघि उनले काट्न शुरु गरे ।
यस्तै।।आइतबारदेखि अबिरल रुपमा जारी बर्षाका कारण दाङको तुलसीपुर घोराही सडक खण्डमा साना सवारी साधान सञ्चालनमा आउन सकेका छैनन् । दाङमा यो बर्ष ३९ हजार हेक्टर क्षेत्रफलमा धान खेति भएकोमा काटिसकेको ३४ सय हेक्टर क्षेत्रफलको धान पुरै डुवानमा परेको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रुद्र पौडेलले जानकारी दिएका छन् ।
स्थानीय पत्रे लगाएतका खहरे खोलाहरु बाढी आएका कारण मंगरबार बेलुकादेखि नै मोटरसाईकल, स्कुटी, जिप, कार सञ्चालनमा आउन नसकेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । धन उत्पादनका दृष्टिकोणले महत्वपूर्ण स्थान ओगट्ने दाङमा अबिरल बर्षाका कारण किसानले भित्र्याउनका लागि खेतमा काटेर राखेको धानमा ठूलो नोक्सानी पुगेको छ ।