फागुन ६, काठमाडौँ।
आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सयले घटेर ८९ हजार २ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।