भुजौली रुपन्देही
शुध्दाेधन गाउँ पालिका २ भुजौली स्थित माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजाकाे अवसरमा भुजौली इग्ङलिस स्कुलमा पुजा ,शिक्षालय प्रवेश अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त चापागाईंकाे अध्यक्ष्ातामा र पण्डित यदुन्नदन गौतम बिधालय का प्रिन्सिपल झलक थापा र अभिभावक हरुकाे उपस्थितिमा भएको कार्यक्रममा बिधालयका बालबालिकाहरू ले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पुजा गरि आशावादी लिएका थिए।
कार्यक्रममा बालबालिकाले नाचगान गरि भब्य साथ विद्याकी अधिष्ठात्री देवी सरस्वती पुजा मनाएका थिए।उक्त कार्यक्रममा २०७६ सालकाे वितरणमा कक्षा १ देखि ९ सम्मका प्रथम,दोस्रो,र तृतीय,कक्षा नर्सरी देखि युकेजीका जि,पि,ए,४ ल्याउने हरु र सत प्रतिशत कक्षा उपस्थिति र उत्तम सरसफाइ बालबालिकाहरू लाई पुरस्कार वितरण गरिएको थियो।कार्यक्रम सञ्चालन शिक्षक बिक्रम यादव र विष्णु गौतमले गरेका थिए।