धुर्कोट गाउँपालिकामा समूहले उत्साह स्वरुप उपहार बितरण गरेको छ ।
धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सिर्जनसिल सामुदायिक बिकास केन्द्रद्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत उपहार बितरण गरिएको हो धुर्कोट गाउँपालिकाको नयाँगाउँमा गठित परिबर्तनसिल महिला उद्यम समुह द्वारा कालिका प्राथामिक बिद्यालयमा अध्यनरत विद्यार्थी सुभम बिक लाई उपहार स्वरुप एक झोला एक जोर जुत्तामोजा प्रती सदस्य ५० का दरले नगद रु १२०० को उपहार प्रदान गरिएको बाख्रा उद्यम परियोजना सहजकर्ता बिष्णु कुवँरले जानकारी दिनुभयो l
यसअघि भोकालाई ‘एक छाक भोजन होईन जिउने जुक्ती सिकाऔँ’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुहमा हेफर आधारशिला तालिम केही समय अगाडि सम्पन्न भएपछि
समुहका सबै सदस्यले उपहार प्रदान गर्ने सामुहिक प्रतिवद्धता गरेअनुरुप आर्थिक अबस्था कमजोर भएका विद्यार्थीलाई उपहार प्रदान गरिएको हो ।
यस्तै ब्याक्तिगत कार्ययोजना अन्तरर्गत सोही समुहकी सदस्य मन्जु सुनारले सोही विद्यार्थीलाई कापी पेन्सिल इलेजर र कटर उपहार गर्नु भएको छ ।
कार्यक्रम मा बोल्दै सोही समुहिकि सदस्य तथा कार्यपालिका सदस्य बिमला सुनारले उदाहरणिय काम गर्दै गएको निकै उत्साहित मेहनत भएको बताउनु भयो कालिका प्राथामिक बिद्यालयमा पढ्ने विद्यार्थी सुभम बि क को घरमा आर्थिक अबस्था कमजोर भएकोले बास्तबिक आबस्यकताको पहिचान गरी उपहार प्रदान
गरेको समुहका सम्पुर्ण सदस्यहरुले बताएका छन् ।
परिवर्तनसिल महिला उद्यम समुहकी अध्यक्ष राधिका जि सि को अध्यक्षता, सोनु सुनारको स्वागत मन्तव्य, सुभकामना मन्तब्य तुलसा जि सि को रहेको कार्यक्रमको संचालन समूहकी सचिब प्रभा पान्डे सुनारले गर्नु भएको छ l