बुटवल,
रुपन्देहीको तिलोत्तमा ३ युवाको लगानिमा बुटवल फिल्म एकेडेमीको शुरुवात भएको छ । लुम्बिनी प्रदेशका संघिय मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले फिल्म एकेडेमीको उद्घघाटन गर्नुभएको हो । फिल्म विधामा अध्ययन गर्न काठमाडौ ,भारत जानपर्ने बाध्यता अब टरेको मन्त्री केसीले बताउनु भयो ।
मन्त्री केसीले बुटवलमा फिल्म एकेडेमी बनाउने कार्यको शुरुवात गर्ने युवाहरुलाई थप प्रशंसा व्यक्त गर्नु भयो । चलचित्र प्रदेश ऐेन मन्त्री परिषदमा जाने क्रममा रहेको बताउदै मन्त्री केसीले हिउदे अधिवेशनमा सो कार्यको सुरुवात गर्ने र एकेडेमी संरक्षण गर्ने दायित्वमा सरकार रहने बताउनु भयो ।
भारतीय फिल्ममा जस्तै नेपालमा एकेडेमी आवश्यक रहेको र लुम्बिनी प्रदेशमा फिल्म पार्क बनाउने गरि गुरुयोजना बनाएको पनि उहाले बताउनुभयो ।
तिलोत्तमाका ३ जना युवा दिपेन कण्डेल, अरुण शर्मा , शास्वत पाण्डे संचालक रहेको सो फिल्म एकेडेमीको मणिग्राममा कार्यालय रहने छ ।
विभिन्न ५ विद्यामा अध्यापन हुने गरि एकेडेमीको शुरुवात गरिएको छ । फिल्म पढ्न इच्छुकहरुले अब टाढा जान नपर्ने भएको छ ।