काठमाडौं : चर्चित गायिका अञ्जु पन्त दोस्रो वैवाहिक वन्धनमा बाँधिने भएकी छिन् । गायिका अञ्जुले गीतकार थिर कोइरालासँग विवाह गर्ने भएकी हुन् । अञ्जुको एक छोरी छिन्–परितोषिका पन्त । उनी पनि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छिन् । छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गर्ने लागेको जनाइएको छ ।
इलाम घर भएका कोइराला दुई दशकदेखि काठमाडौंमा छन् । दुवै जनाले आफूहरूबीच विवाह हुन लागेको स्वीकार गरेका छन् ।
तर विवाहको मिति भने तय हुन बाँकी रहेको उनीहरूले सञ्चारमाध्यमसँग जानकारी दिएका छन् । तीन वर्षअघि चिनजान भएका उनीहरू एक वर्षदेखि ‘रिलेसनसीप’ मा छन् । गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दशकअघि सम्बन्धविच्छेद गरेकी थिइन् ।
गायिका अञ्जु पन्तले कुराकानी गर्दै गायिका पन्तले भनिन्, ‘दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको छ।’ उनले आफ्नो बिहेपछि नयाँ अध्याय सुरु हुने समेत बताइन्। इलामका थीरले भने, ‘बिहे गर्ने सहमतिमा पुगे पनि मिति तय हुन भने बाँकी छ। दुवै जनाको अनुकुल समय मिलाएर मिति तोक्ने छौं।’
आजभन्दा ६ वर्षअघि थीर र अञ्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो।त्यसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे।
अञ्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो। लामो समयको प्रेम सम्बन्धपछि उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।
काठमाडौंअघि इटहरी बस्दै आएका थीर ‘इटहरी साप्ताहिक’का पूर्वसम्पादक हुन्। पत्रपत्रिकामा लेखसमेत लेख्दै आएका उनी हाल उनी गैरसरकारी संस्थामा सञ्चालन गर्छन्।