जनकपुरमा नेकपा प्रचण्ड–माधव समूहले घोषणा गरेको आमहडतालको आंशिक प्रभाव परेको छ ।
विहानैदेखि लामो रुटका सवारी साधन नचले पनि छोटो दुरीका जिप, टिपर, ट्रक लगायतका सवारीसाधन फाट्टफुट्ट चलिरहेका छन् ।
जनकपुरका बजार तथा केही शैक्षिक संस्थाहरु खुलेका छन् । यद्यपी निर्वाध रुपमा यातायता, बजार, शैक्षिक संस्था भने सञ्चालन हुन सकेका छैनन् ।
बन्दका क्रममा सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले बताए । बन्दका क्रममा हालसम्म धनुषामा तोडफोडका घटना नभएको उनले बताए ।
यस्तै पूर्व–पश्चिम राजमार्गमा समेत फाटफुट रुपमा गाडी चलिरहेका छन् । तर महोत्तरीको बर्दिबासका बजार, सवारीसाधन, उद्योग तथा शैक्षिक संस्था भने पूर्ण रुपमा ठप्प छन् ।
चोकचोकमा आन्दोलनकारीकारीहरु नारा लगाउँदै धर्ना बसेका छन् ।