मदाने, १९ माघ ।
मदाने गाउँपालिकामा तिनदिने अगुवा कृषक तालिम सम्पन्न भएको छ । मदाने सामुदायिक स्वास्थ केन्द्र बाझकटेरी गुल्मीको आयोजना तथा नेपाल हेल्प बसुन्धारा काठमाडौको प्रायोजनमा भएको कृषि तालिम सोमबार सकिएको हो ।
शनिबारदेखि सुरु भएको तालिममा मदाने गाउँ पालिकाका सक्रिय २२ जना स्थानिय अगुवा कृषकहरु सहभागी थिए । मदाने सामुदायिक स्वास्थ केन्द्रको सभाहलमा सम्पन्न भएको तालिममा अगुवा कृषकहरुलाई कृषि तथा पशुपालन सँग सम्बन्धित विभिन्न विषयमा तालिम दिइएको कार्यक्रम संयोजक राजेन्द्र बिष्टले जानकारी दिनु भएको छ ।
तालिमको समापन कार्यक्रममा नेपाल हेल्पका कार्यकारी प्रमुख कृष्ण ढकालले मदाने कृषि क्षेत्रका लागि उत्कृष्ट ठाउँ भएको बताउनु भयो । उहाँले कृषि क्षेत्रका लागि ठूलो कार्यक्रम गर्नसकिने बताउनु भएको हो । यस्तैै काम गरी यो ठाउँका कृषकका लागि ठुलै प्रोजेक्ट पार्ने प्रतिबद्धता जनाउनुभएको छ । जसले गर्दा यहाँका कृषकको जीवनस्तरमा धेरै सहयोग पुग्ने उहाँले बताउनु भयो ।
तालिम प्रदान गर्नुहुने प्रशिक्षक कृषि अधिकृत गंगा राईले कृषकहरुलाइ तालिम दिन पाउदा खुसि भएको अनुभव व्यक्त गर्नुभएको छ । यहाँका कृषकहरु सँग कृषि सँग सम्बन्धित काम गर्ने इच्छुक तथा सक्रिय रहेको बताउनु भएको छ । कार्यक्रम संयोजक तथा मदाने गाउँपालिका कृषक समुहका अध्यक्ष राजेन्द्र बिष्टले यसरी दुर्गम क्षेत्रमा पनि यसरी तालिम प्रदान गर्न पाउँदा खुसि व्यक्त गर्दै आगामी दिनहरुमा पनि मदाने कृषकहरुका लागि व्यवसायीक कृषि निरन्तरता दिदै उनिहरुको जिवनस्तर र आयस्रोतमा टेवा पुर्याउने बताउनु भएको छ ।
तालिममा समुहमा आवद्ध भएका कृषकहरुलाई मौषम अनुसारको बिऊ पल निशुल्क वितरण गरिएको छ भने तालिममा सहभागी भएका कृषकहरुलाई आवश्यक आधारभुत कृषि अौजारहरु वितरण गरिएको छ ।