रुपन्देही,२ माघ ।
शुद्धोधन जेसिजको दोस्रो साधारण सभा तथा शाखा अधिबेशन शुक्रबार सम्पन्न भएको छ।रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न .४ फर्साटिकरको रिद्धिसिद्धी पार्टी प्यालेसमा भएको अधिबेशनमा रामजी पौडेल शुद्धोधन जेसिजको वर्ष २०२१ को अध्यक्षमा सर्वसम्मतले निर्वाचित हुनुभएको छ।
नया पदाधिकारी अन्तर्गत कार्यकारीणी उपाध्यक्ष पदमा रमेश गौतम, मुकेश कुवर,उपाध्यक्षमा महेन्द्र गौतम,सुरज ज्ञवाली ,सन्जु चापागाईं र यज्ञराज आचार्य ,कानुनी सल्लाहकारमा सिनेटर रमेश खनाल,महासचिवमा रुपा पराजुली ,सह-सचिवमा बिजय पराजुली ,कोषाध्यक्षमा राहुल खनाल,सहकोषाध्यक्षमा नवीन क्षेत्री निर्वाचित हुनुभएको हो।
शुद्धोधन जेसिज वर्ष २०२१ का उमेदवारहरुलाई शुद्धोधन जेसिजका संस्थापक अध्यक्ष रमेश खनाल तथा शुद्धोधन जेसिज वर्ष २०२० चुरामणी डुम्रेले ककस सम्बन्धि जानकारी गराउनुभएको थियो ।
यस्तै नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष भोजराज चापागाईं र २०२० का राष्ट्रिय उपाध्यक्ष गोबिन्द पङ्गेनीले नवनिर्वाचित पदाधिकारीलाई प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा शुद्धोधन जेसिज वर्ष २०२० का अध्यक्ष चुरामणी डुम्रेको अध्यक्षता, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि खान, वर्ष २०२० अध्यक्ष डुम्रे लगायतले सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शुद्धोधन जेसिज वर्ष २०२० का सहसचिव तथा वर्ष २०२१ का उपाध्यक्ष महेन्द्र गौतमले गर्नुभएको थियो ।