गुल्मी – खड्कछत्र महिला उद्यम समुह धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा द्वारा शारदा खड्का लाई कुखुरा उपहार प्रदान गरेका छन्।
सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारामा गठित खड्कछत्र महिला उद्यम समुह द्वारा समुहकी सदस्य गिता भनेर चिनिने शारदा खड्कालाई एक कार्यक्रमका बिच लोकल कुखुरा उपहार प्रदान गरेका छन्।
भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुहमा हेफर आधारशिला तालिम सम्पन्न भएपछी समुहका सबै सदस्यले उपहार प्रदान गर्ने सामुहिक प्रतिवद्धता गरे बमोजिम समुहमा आबद्ध सदस्य शारदा खड्का को आर्थिक अबस्था कमजोर भएको उहाँका छोरा छोरी नभएको र श्रीमान ले पनि काम गर्न सक्ने अबस्था कम भएको हुदा उहाँलाई एक कुखुरा उपहार गरे त्यस बाट उत्पादन हुने अण्डा र चल्ला बाट केहि आम्दानीमा टेबा हुने सोच समुहको रहेको जानकारी समुह सदस्यहरूले जानकारी गराउनु भयो।
उपहार ग्रहण गर्दै समुह सदस्य शारदा खड्काले मेरो घरमा आर्थिक अबस्था कमजोर भएको र समुह बचत गर्न पनि गाह्रो भएको अबस्थामा मलाई समुहले कुखुरा उपहार गर्नु भएको र यो कुखुरालाई संरक्षण गरि पालेर यस बाट उत्पादन भएको अण्डा र चल्ला बाट समुहमा गरिने बचत लाई प्रयोगमा ल्याउने छु भन्नु भयो।
खड्कछत्र महिला उद्यम समुह की उपाअध्यक्ष सिता खड्का को अध्यक्षता रहेको कार्यक्रममा सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजनाका प्राविधिक संयोजक नारायण जि सी समुदायिक सहजकर्ता माया थापा र समुहका सबै सदस्य उपस्थित रहेको कार्यक्रमको संचालन समुहकी सचिव शारदा खड्काको संचालनमा सम्पन्न भएको थियो।