२ मंसिर -७७ बरेङ , बिद्यार्थिलाई अनुशासित बनाउन बाटाकाचौरको शारदा माध्यमिक विद्यालयले पास कार्डको प्रयोग अनिवार्य गरेको छ ।
बरेङ गाँउपालिका ३ बाटाकाचौर किसिमकोटको सारदा माध्यमिक बिद्यालयले बिद्यार्थीलाई अन’सासनको दायरामा राख्न र अन’सासन सिकाउन भन्दै बिद्यार्थी कक्षाकोठाबाट बाहिर निस्कनु परेमा अनिबार्य पासकार्ड हुनुपर्ने ब्यबस्था गरेको हो।कार्डमा कक्षा शिक्षक र प्रधानध्यापक को हस्ताक्षर रहेको छ ।
बरेङ गाँउपालिकाको हकमा यो फरक अभ्यास भएको भन्दै एउटा कक्षा मा बिद्यार्थिको सङख्याको आधारमा २ देखि ४ जना मात्रै बाहिर निस्कन सक्ने गरि कार्ड उपलब्ध गराईएको बिद्यालयका प्रधानध्यापक देबिदत्त पौडेलले बताउनु भयो ।
बिद्यालयमा बिद्यार्थिलाई अनुशासित बनाउन शिक्षक तथा बिद्यार्थी समेत मिलेर अहिले बिभिन्न नियमसमेत बनाएका छन ।
पहिला सबै जना एकै पटक बाहिर निःकदा अस्तब्यस्त हो हल्ला हुन्थ्यो ,अहिले पासकार्डको ब्यबस्था भएपछि हामि पालै पालो निस्कन्छौ यसले हामिलाई सान्त भएर बस्न तथा पढ्न लेख्न मद्धत पुगेको छ ,कक्षा १० मा अध्यनरत छात्र बिबेक खत्रीले भन्नुभयो । मेरो कक्षामा छात्र हरूको लागी २ वटा र छात्रा हरूको लागी २ वटा पास कार्डको ब्यबस्था छ ।
पासकार्डको प्रयोग गर्न थालेपछि यसको प्रभाबकारीता राम्रो देखिएको र यो प्रयोगबाट बिद्यार्थीहरूमा समेत सकारात्मक प्रभाब परेको प्रधानाध्यापक पौडेलको भनाई छ . यसले अनुशासनको पालना गराउन सहज भएको उहाँले बताउनु भयोे ।