गुल्मी, ०१ पुस ।
राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागद्वारा संचालित राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान कार्यक्रम गुल्मीमा संचालन भैरहेको छ । जिल्लाका धुर्कोट र गुल्मीदरबार गाउँपालिकामा सम्पन्न भैरहेको छ ।
जिल्लाको मदाने गाउँपालिकामा पनि ९ हजार बढी स्थानिय नागरिकले राष्ट्रिय परिचयपत्र लिएका छन । अनुमानित १० हजार ७ सय १७ जना मध्ये ९ हजार ७ सय ८० जनाको विवरण दर्ता संकलन कार्य सम्पन्न भएको हो ।
मदाने गाउँपालिकामा विभिन्न २४ स्थानमा गरि विवरण दर्ता गरिएको थियो । मंसिर १६ गतेदेखि सुरु भई २८ गते सम्म विभिन्न वडाहरुमा संकलन कार्य १२ दिनमा सम्पन्न भएको छ ।
१२ दिनको अवधिमा वडा न १ मा १५०७,वडा न २ मा १५८४, वडा न ३ मा १४६९, वडा न ४ मा ९५३, वडा न ५ मा ९१९, वडा न ६ मा १००४ र वडा न ७ मा १४४४ गरि जम्मा ९७८० जनाको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।