बुटवल ।
धनमुडा चौर समाजले बृहत् ब्याडमिन्टन प्रतियोगिता २०७७ आयोजना गर्ने भएको छ । यही पुस १० र ११ गते धनमुडा चौर समाजद्वारा प्रथम राष्ट्रिय B Level ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको हो ।
‘खेलकुदलाई सम्मान समाजलाई योगदान,हामी मिलेर बढाउनु छ देशको मान’ भन्ने मुल नाराका साथ धनमुडा चौर समाजले ब्याडमिन्टन प्रतियोगिता २०७७ आयोजना गरेको संस्थाका अध्यक्ष देव बहादुर थापाले जानकारी दिनुभयो ।
देविनगर ब्याडमिन्टन क्लबको हलमा हुन गईरहेको ब्याडमिन्टन प्रतियोगिताका लागि प्रथम पुरस्कार नगद रु ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद रु ३३ हजार ३ सय ३३ सहित ट्रफी र प्रमाणपत्र र तृतीय पुरस्कार २२ हजार २ सय २२ सहित ट्रफी र प्रमाणपत्र रहेको अध्यक्ष थापाले बताउनुभयो ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ४ हजार ४ सय ४४ पुरस्कार रहेको बताइएको छ । प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि खानाको व्यवस्था रहेको आयोजकले बताएको छ ।