• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १६, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १६, शुक्रबार
    होमपेज /  प्रदेश न्युज

    लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान कार्यक्रम धुर्काेट गाउँपालिकामा सम्पन्न

  • बासुदेव पोखरेल
  • २०७७ मंसिर २५, बिहिबार (५ साल अघि)
  • १५१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    गुल्मी । सामुदायिक रेडियो धुर्कोट लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानको आज अन्तिम दिन विभिन्न ठाउँमा लैङ्गिक हिंसा विरुद्ध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वर १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ । लैङ्गिक हिंसाको अन्त्यका लागि गुल्मी जिल्लामा पनि विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकामा आज (बिहिबार) लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान कार्यक्रम मनाइएको छ ।
    लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नारामा साथ धुर्काेट गाउँपालिकाको केन्द्र बर्बोटमा एक कार्यक्रम गरी मनाइएको हो । कार्यक्रममा धुर्कोट गाउँपालिका कार्य पालिका सदस्य कमला घर्तीको अध्यक्षता, गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आथित्यता र धुर्कोट गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका अध्यक्ष  शिबहादुर खत्रि विशेष आतिथ्य  रहेको थियो ।
    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथिले महिला हिंसाको प्रमुख कारण शिक्षा र गरिबि रहेको बताउँदै गाउँपालिकाले विभिन्न खाले तालिमहरु सञ्चालन गरी सबैलाई शिक्षाको पहुँचमा पुर्याएर हिंसा न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । गरिबिका कारण पनि हिंसा बढेको भन्दै गरिबि घटाउन र महिला लक्षित स्वरोजगारीका कार्यक्रमको माग गर्नुपर्ने बताउनुभयो । १६ दिने अभियानमा गरिबि घटाउन कस्तो खालको कार्यक्रम गर्नुपर्छ भनेर छलफल गर्नुपर्ने बताउँनुभयो ।
    त्यस्तै गाउँपालिका लेखा शाखा तथा लेखा अधिकृत प्रकाश गौतमले आर्थिक र शैक्षिक कारणले गर्दा लैङ्गिक हिंसाका घटना घट्ने हुँदा छोरीहरुलाई शैक्षिक तथा आर्थिक क्षेत्रमा सशक्तिकरण बनाउन आवश्यक रहेको बताउँनुभयो ।
    कार्यक्रममा सहभागिहरुले १६ दिने अभियानमा एक दिन मात्र कार्यक्रम आयोजना नगरी प्रत्येक दिन सम्पुर्ण वडाहरुमा गर्दा प्रभावकारी हुने बताएका थिए ।
    कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कासिराम पन्थि, निमित्त प्रशासकिय अधिकृत गिरिराज अर्याल, लेखा शाखा तथा लेखा अधिकृत प्रकाश गौतम, सामाजिक विकास समितिका सँयोजक तथा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मानबहादुर कुवँर, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमलाल खनाल, सम्पुर्ण वडामा रहेका टोल सँरक्षण महिला मञ्चका अध्यक्ष तथा प्रतिनिधिहरु, गाउँपालिका गाउँकार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेका थियो । कार्यक्रममा सम्पुर्ण अतिथिहरुले आ—आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
    गाउँपालिका प्रवक्ता तथा गाउँकार्यपालिका सदस्य कविता वि.क को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गाउँपालिका महिला विकास शाखा प्रमुख गँगा पन्थिले गर्नुभएको थियो । साथै कार्यक्रममा सहभागिहरुले ‘‘म लैङ्गिक हिंसा गर्ने छैन्, सहने पनि छैन् र भएको हिंसा चुप लागेर बस्ने छैन्’’ भनेर हस्ताक्षर गरि प्रतिबद्धता जनाएका थिए ।

    फेसबुकमा पछ्याउनुहोस्

    • #धुर्कोट गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑