काठमाडौं, मंसिर २३ – काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा मंगलबार तोडफोड भएको छ।
बिरामीको मृत्युको विषयलाई लिएर बिरामीका आफन्तहरुले तोडफोड गरेका हुन्।
नागार्जुन ५ कफ ५८ वर्षीया लक्ष्मी कुवँरको शरीरका अंगहरु नचलेर तथा हृदयाघातबाट मंगलबार बिहान १ बजे निधन भएको अस्पताल पक्षले जानकारी दिए पनि बिरामीका आफन्तले स्वीकार नगरी अस्पतालमा ढुंगा हानेका थिए। आक्रोशित आफन्तले अस्पतालका १० वटा झ्याल फुटाएका थिए।
गौशाला प्रहरीले तोडफोडमा संलग्न ९ जनालाई पक्राउ गरेको छ।