बुटवल। बुटवलको कोरोना विशेष अस्पतालमा सैनामैनाका एक संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद खनालका अनुसार सैनामैना नगरपालिका–१ का ५५ वर्षीय महिलाको मृत्यु भएको हो ।
ती महिलामा ज्वरो र स्वास प्रश्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।
मंसिर ९ गते कोरोनाको रिपोर्ट पोजेटिभ आई ११ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलाको आइतबार बिहान मृत्यु भएको हो