
बुटवल । गत बुधवार स्कारपियो जिपको ठक्करबाट घाइते भएका थानेश्वर लम्सालको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं २ का स्थायी बासिन्दा लम्साललाई जेब्राक्रसबाट बाटो पार गर्दैगर्दा सिद्धार्थ राजमार्गको बुटवल बेलहिया सडकखण्ड अन्तरगत जानकिनगरमा स्कारपियो जिपले ठक्कर दिएको थियो ।
स्कारपियो जिपको ठक्करबाट गम्भीर घाइते ६० बर्षिय लम्साललाई उपचारकालागि मणिग्राम स्थित क्रिमसन अस्पतालमा लगिएकोमा त्यहा उपचार हुन नसकेपछि काठमाडौ लगिएको थियो ।
उपचारका लागि काठमाडौं स्थित न्युराे अस्पतालमा उपचारका क्रममा निधन भएको उनका आफन्त दिनेश लम्सालले पुष्टि गरेका छन् ।


