फर्साटिकर, १८ मंसिर।
शुद्धोधन गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा शुद्धोधन अपाङ्ग संघको सह आयोजनामा २९ औं अपाङ्ग दिवसको अवसरमा अन्तर्कृया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
“कोभिड-१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता” भन्ने नाराका साथ मनाइएको दिवसमा बोल्नेहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर दिएमा समाज परिवर्तन गर्न सक्ने क्षमता रहेको बताएका थिए ।
शुद्धोधन अपाङ्ग संघका अध्यक्ष बिष्णु बहादुर थापाको अध्यक्षता, सदस्य लक्ष्मी गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शुद्धोधन अपाङ्ग संघका सचीव सागर क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।