अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको बाँगी खोलामा एक पुरुषको शव फेला परेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर–१ हस्पिटल लाईन बस्ने ५५ वर्षका लक्ष्मण न्यौपानेको शव बाँगी खोलाको सोन्ठेमा भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । शवको अर्घाखाँची अस्पताल सन्धिखर्कमा पोष्टमार्टम पछी परिवारको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।
पारिवारिक स्रोतका अनुसार उनी आईतवार दिउँसो ४ बजे घरबाट हिंडेका थिए । खोजी गर्दा बाँगी खोलामा पानीमा डुबिरहेको अवस्थामा प्रहरीले शव फेला पारेको हो ।