• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  प्रदेश न्युज

    माओवादी केन्द्रद्धारा हालै सम्पन्न बैठकको निर्णय अनुसार सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना

  • बुटवल दैनिक
  • २०७७ मंसिर १२, शुक्रबार (५ साल अघि)
  • ९२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    क्रान्तिकारी एकतामा जोडः विभिन्न पार्टीबाट ध्रुबिकरणमा आउनेलाई स्वागत
    मनराज कठायत, काठमाण्डौं । कोरोना कहरबिच उच्च स्वास्थ्य सतर्कता अपनाउँदै यहि मंसिर ८,९ र १० गते नेकपा (माओवादी केन्द्र) को काठमाडौं बौद्धमा केन्द्रीय समितिको बैठक तथा विशेष राष्ट्रिय भेला सम्मपन्न भएको छ । उक्त बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न आज माओवादी केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    बैठक तथा विशेष राष्ट्रिय भेलाले लिएका निर्णयहरु, राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, माओवादी केन्द्रको वैचारिक संगठनात्मक योजना, कार्यक्रम र महान जनविद्रोहको तयारीमा जुट्न जनआह्वान लगाएतका विषयमा जानकारी दिन उक्त पत्रकार सम्मेलन गर्न लगिएको हो ।

    माओवादी केन्द्रका अध्यक्ष कर्णजीत बुढाथोकीले प्रेस सेन्टर नेपालसँगको कुराकानीमा पत्रकार सम्मेलनको बारेमा जानकारी दिदै भने–‘पार्टीको बैठक तथा भेला विषय परिस्थितिमा पनि भव्यताका साथ सम्पन्न गरियो, त्यसले राष्ट्रियता, जनतन्त्र, जनजीवीका समस्याहरुको समाधानका लागि देशव्यापी जनसंघर्षको अनिवार्य तयारीमा जुट्ने कार्यभार हाम्रो अगाडि ल्याएको छ । त्यसका विविध विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलन गर्न लागेका हौ ।’

    माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीका अनुसार उक्त पत्रकार सम्मेलन अनामनगरस्थित संवाद डबलीमा आज दिउँस ठिक एक बजेबाट शुरु हुनेछ । पत्रकार सम्मेलनमा बैठकका निर्णयको सार्वजनिकिकरण गर्नुका साथै विभिन्न पार्टी संगठन परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा समाहित हुन आएका दर्जनौ नेता, कार्यकर्ताहरुलाई स्वागत तथा बधाईको कार्यक्रम समेत राखिने बताइएको छ ।

    पछिल्लो समय माओवादी केन्द्रमा वैचारिक राजनीतिक रुपमा तत्कालिन नेतृत्वमा देखिएको विचलिन र त्यसबाट आएको विभाजनले आन्तरिक पार्टी संगठन कमजोर भयो भन्ने हल्ला चलिरहँदा त्यसलाई माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीले भने पार्टीमा वैचारिक एकता, संगठनमा एकता, बाहिरी क्रान्तिकारी शक्तिबिच बलिायो मोर्चाबन्दी र ब्यापक रुपमा क्रान्तिकारी ध्रुविकरण भैरहेको तर्क गरेका छन ।

    भोलिको पत्रकार सम्मेलन मार्फत माओवादी केन्द्रमा विभिन्न राजनीतिक दलको जिम्मेवारी परित्याग गर्दै ध्रुविकृत हुन आएका दर्जनौ नेता, कार्यकर्ताहरुलाई स्वागत तथा बधाई दिइने बताइएको छ । श्रोतका अनुसार पछिल्लो समय माओवादी केन्द्रमा देशव्यापी वृहत ध्रुविकरण भैरहेको छ ।

    माओवादी केन्द्रका निवर्तमान अध्यक्ष गोपाल किरातीमा देखिएको गम्भिर वैचारिक राजनीतिक विचलनता, संगठनात्मक अराजकता र त्यसमा यसअघि असोज २५ र २६ गते काठमाडौंमा सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकले गरेको ऐतिहासिक निर्णय समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताइएको छ ।

    माओवादी केन्द्रले उक्त पोलिटव्युरो बैठकबाट निवर्तमान अध्यक्ष किरातीले आध्यात्मवादी बाटोमा पार्टी संगठनलाई फसाउने र मालेमावादी पथ प्रदर्शक सिद्धान्तबाट विचलित भएको ठहर गर्दै पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो ।

    त्यस्तै पछिल्लो समयमा किरातीले अबैधानी, गैह्रजिम्मेवारीपूर्ण ढंगले पार्टी विघटन गरेको भ्रामक दुश्प्रचार गरेको कारण माओवादी केन्द्रले हालै बैठकसँगै विशेष राष्ट्रिय भेला सम्पन्न गरेर कर्णजीत बुढाथोकीको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

    चौतर्फि रुपमा वैचारिक विचलन, संगठनात्मक अराजकतामा फसेको र संशोधनवादी दक्षिणपन्थीबाटोमा पतन उन्मुख रहेको भन्दै तत्कालिन अध्यक्ष किरातीलाई आरोप आएपछि पार्टीको कारबाहीबाट बच्न किरातीले पार्टीको केन्द्रीय समिति बैठकमा आत्मआलोचनाको पत्र समेत पठाएका थिए । बैठकमा सहभागि नेताहरुले उनको आत्मआलोचनाबारे समेत छलफल गरेका थिए ।

    बैठक तथा भेलाले ९९ सदस्यीय केन्द्रीय समिति, ३३ सदस्यीय पोलिटव्यूरो, १५ सदस्यीय स्थायी समिति निर्वाचित गरेको बताइएको छ । त्यस्तै पार्टीको वरिष्ठ नेतामा तिलक थापा मगर, उपाध्यक्षमा रंगनाथ ढकाल लगाएतलाई निर्वाचित गरेको छ ।

    माओवादी केन्द्रले आज आयोजना गर्न लागेको उक्त पत्रकार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ताहरुका साथै सम्पूर्ण मिडिया, सञ्चारकर्मिहरु, पत्रकारहरुलाई उपस्थित हुन र समाचार सम्प्रेषण गरिदिनका लागि अनुरोध समेत गरेको छ ।

    • #माओवादी केन्द्र
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑