• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ माघ ८, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      जलाएर हत्या गरिएको अवस्थामा रुपन्देहीमा एक युवकको शव फेला

      १८ घण्टा अघि

      तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई झण्डै ४६ लाख अनुदान

      १८ घण्टा अघि

      भारतले दिएको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

      १८ घण्टा अघि

      बुटवलमा राष्ट्रिय मेयर कप टेवल टेनिस हुने

      १ दिन अघि

      हात्ती मिलेपनी देशको बर्बादी , लडेपनी देशको बर्बादी

      १ दिन अघि

      हिन्दु जागरण नेपालको घोडाघोडि बहुमुखी क्याम्पसमा नया कार्य समिति चयन

      १ दिन अघि

      करोड बढी तलब बुझ्ने बैंकका सिइओ, कसको कति ?

      १ दिन अघि

      सुन्दर जीवनको १० मनछुने भनाईहरु

      १ दिन अघि

      मध्यावधि निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

      १ दिन अघि

      मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो

      १ दिन अघि

      पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

      १ दिन अघि

      तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास

      १ दिन अघि

      धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मीद्वारा संचालित कार्यक्रमबाट धुर्कोट गाउँपालिकामा उपहारै उपहार

      १ दिन अघि

      कोभिड नियन्त्रण अभियान स्कुल–स्कुलमा

      १ दिन अघि

      जुम्लामा बिजुली काटेको होइन थपेको हो -गौरव पाण्डे

      २ दिन अघि
    in
    आज: २०७७ माघ ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / प्रदेश न्युज

    माओवादी केन्द्रद्धारा हालै सम्पन्न बैठकको निर्णय अनुसार सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना

  • बुटवल दैनिक
  • २०७७ मंसिर १२, शुक्रबार (१ महिना अघि)
  • ७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    क्रान्तिकारी एकतामा जोडः विभिन्न पार्टीबाट ध्रुबिकरणमा आउनेलाई स्वागत
    मनराज कठायत, काठमाण्डौं । कोरोना कहरबिच उच्च स्वास्थ्य सतर्कता अपनाउँदै यहि मंसिर ८,९ र १० गते नेकपा (माओवादी केन्द्र) को काठमाडौं बौद्धमा केन्द्रीय समितिको बैठक तथा विशेष राष्ट्रिय भेला सम्मपन्न भएको छ । उक्त बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न आज माओवादी केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

    बैठक तथा विशेष राष्ट्रिय भेलाले लिएका निर्णयहरु, राष्ट्रिय राजनीतिको वर्तमान अवस्था, माओवादी केन्द्रको वैचारिक संगठनात्मक योजना, कार्यक्रम र महान जनविद्रोहको तयारीमा जुट्न जनआह्वान लगाएतका विषयमा जानकारी दिन उक्त पत्रकार सम्मेलन गर्न लगिएको हो ।

    माओवादी केन्द्रका अध्यक्ष कर्णजीत बुढाथोकीले प्रेस सेन्टर नेपालसँगको कुराकानीमा पत्रकार सम्मेलनको बारेमा जानकारी दिदै भने–‘पार्टीको बैठक तथा भेला विषय परिस्थितिमा पनि भव्यताका साथ सम्पन्न गरियो, त्यसले राष्ट्रियता, जनतन्त्र, जनजीवीका समस्याहरुको समाधानका लागि देशव्यापी जनसंघर्षको अनिवार्य तयारीमा जुट्ने कार्यभार हाम्रो अगाडि ल्याएको छ । त्यसका विविध विषयमा जानकारी दिन भोलि पत्रकार सम्मेलन गर्न लागेका हौ ।’

    माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीका अनुसार उक्त पत्रकार सम्मेलन अनामनगरस्थित संवाद डबलीमा आज दिउँस ठिक एक बजेबाट शुरु हुनेछ । पत्रकार सम्मेलनमा बैठकका निर्णयको सार्वजनिकिकरण गर्नुका साथै विभिन्न पार्टी संगठन परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा समाहित हुन आएका दर्जनौ नेता, कार्यकर्ताहरुलाई स्वागत तथा बधाईको कार्यक्रम समेत राखिने बताइएको छ ।

    पछिल्लो समय माओवादी केन्द्रमा वैचारिक राजनीतिक रुपमा तत्कालिन नेतृत्वमा देखिएको विचलिन र त्यसबाट आएको विभाजनले आन्तरिक पार्टी संगठन कमजोर भयो भन्ने हल्ला चलिरहँदा त्यसलाई माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीले भने पार्टीमा वैचारिक एकता, संगठनमा एकता, बाहिरी क्रान्तिकारी शक्तिबिच बलिायो मोर्चाबन्दी र ब्यापक रुपमा क्रान्तिकारी ध्रुविकरण भैरहेको तर्क गरेका छन ।

    भोलिको पत्रकार सम्मेलन मार्फत माओवादी केन्द्रमा विभिन्न राजनीतिक दलको जिम्मेवारी परित्याग गर्दै ध्रुविकृत हुन आएका दर्जनौ नेता, कार्यकर्ताहरुलाई स्वागत तथा बधाई दिइने बताइएको छ । श्रोतका अनुसार पछिल्लो समय माओवादी केन्द्रमा देशव्यापी वृहत ध्रुविकरण भैरहेको छ ।

    माओवादी केन्द्रका निवर्तमान अध्यक्ष गोपाल किरातीमा देखिएको गम्भिर वैचारिक राजनीतिक विचलनता, संगठनात्मक अराजकता र त्यसमा यसअघि असोज २५ र २६ गते काठमाडौंमा सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकले गरेको ऐतिहासिक निर्णय समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताइएको छ ।

    माओवादी केन्द्रले उक्त पोलिटव्युरो बैठकबाट निवर्तमान अध्यक्ष किरातीले आध्यात्मवादी बाटोमा पार्टी संगठनलाई फसाउने र मालेमावादी पथ प्रदर्शक सिद्धान्तबाट विचलित भएको ठहर गर्दै पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो ।

    त्यस्तै पछिल्लो समयमा किरातीले अबैधानी, गैह्रजिम्मेवारीपूर्ण ढंगले पार्टी विघटन गरेको भ्रामक दुश्प्रचार गरेको कारण माओवादी केन्द्रले हालै बैठकसँगै विशेष राष्ट्रिय भेला सम्पन्न गरेर कर्णजीत बुढाथोकीको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

    चौतर्फि रुपमा वैचारिक विचलन, संगठनात्मक अराजकतामा फसेको र संशोधनवादी दक्षिणपन्थीबाटोमा पतन उन्मुख रहेको भन्दै तत्कालिन अध्यक्ष किरातीलाई आरोप आएपछि पार्टीको कारबाहीबाट बच्न किरातीले पार्टीको केन्द्रीय समिति बैठकमा आत्मआलोचनाको पत्र समेत पठाएका थिए । बैठकमा सहभागि नेताहरुले उनको आत्मआलोचनाबारे समेत छलफल गरेका थिए ।

    बैठक तथा भेलाले ९९ सदस्यीय केन्द्रीय समिति, ३३ सदस्यीय पोलिटव्यूरो, १५ सदस्यीय स्थायी समिति निर्वाचित गरेको बताइएको छ । त्यस्तै पार्टीको वरिष्ठ नेतामा तिलक थापा मगर, उपाध्यक्षमा रंगनाथ ढकाल लगाएतलाई निर्वाचित गरेको छ ।

    माओवादी केन्द्रले आज आयोजना गर्न लागेको उक्त पत्रकार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ताहरुका साथै सम्पूर्ण मिडिया, सञ्चारकर्मिहरु, पत्रकारहरुलाई उपस्थित हुन र समाचार सम्प्रेषण गरिदिनका लागि अनुरोध समेत गरेको छ ।

    • #माओवादी केन्द्र

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    जलाएर हत्या गरिएको अवस्थामा रुपन्देहीमा एक युवकको शव फेला

    तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई झण्डै ४६ लाख अनुदान

    भारतले दिएको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

    बुटवलमा राष्ट्रिय मेयर कप टेवल टेनिस हुने

    हात्ती मिलेपनी देशको बर्बादी , लडेपनी देशको बर्बादी

    हिन्दु जागरण नेपालको घोडाघोडि बहुमुखी क्याम्पसमा नया कार्य समिति चयन

    समाचार

    जलाएर हत्या गरिएको अवस्थामा रुपन्देहीमा एक युवकको शव फेला

    तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई झण्डै ४६ लाख अनुदान

    भारतले दिएको कोरोनाविरुद्धको खोप भोलि नेपाल आइपुग्ने

    बुटवलमा राष्ट्रिय मेयर कप टेवल टेनिस हुने

    बुटवल दैनिक बिशेष

    तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई झण्डै ४६ लाख अनुदान

    बुटवलमा राष्ट्रिय मेयर कप टेवल टेनिस हुने

    तिलोत्तमाको पत्थरडाँडा—तिनाउ सडक विस्तार कार्य शिलन्यास

    नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२४९६ पाठक संख्या
  • २.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २५३३ पाठक संख्या
  • ३.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २३८९ पाठक संख्या
  • ४.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २३८० पाठक संख्या
  • ५.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २३६२ पाठक संख्या
  • ६.

    लकडाउन पछि बैदेशिक रोजगारमा गएका १० लाख नेपाली स्वदेश फ़र्काईदै

  • २०७७ बैशाख १४, आईतबार
  • १६९९ पाठक संख्या
  • अध्यक्ष / संरक्षक
    मोहन के सी

    निर्देशक / प्रधान सम्पादक
    मिलन पंगेनी

    सम्पादक
    विवस बिस्ट

    डेस्क
    सिर्जना थापा

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ९८५७०७३६३२ / ९८१८३७८४१३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑