बुटवल, ११ मंसिर ।
तिलोत्तमा नगरपालिकामा निर्माण हुने १५ शैयाको सरकारी अस्पतालको शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिका वडा न ६ गोरकट्टामा निर्माण हुने आनन्दवन अस्पतालको अर्थमन्त्री विष्णु पौडेलद्वारा शिलान्यास गरिएको हो ।
बिहिवार शिलान्यास गरिएको सो कार्यक्रममा अर्थमन्त्री पौडेलले अस्पताल निर्माणका लागि बजेट अभाव हुन नदिने स्पष्ट पार्नुभयो । उहाँले तिलोत्तमाकैं सेमराबजार स्वास्थ्य चौकीलाई समेत अस्पतालमा स्तरोन्नती गराउन आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
तिलोत्तमाको वडा नं. १ र ८ को दुई सय बिगाहा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकैं गेम चेञ्जर प्रोजेक्ट भएको उहाँको भनाइ छ ।